शिक्षा/स्वास्थ्य समाचार हेडलाईन न्युज

शिक्षाप्रति राज्य समयमै सचेत नभए सामाजिक अराजकता बढ्नेछ

गणेश कोइराला, सुनकोसी न्युज
वैशाख १५ गते शुक्रबार, २०८०

समाज  समुदायको शिक्षक हो । समाजको विविध आयामभित्रका साँस्कृतिक, राजनीतिक र सामाजिक अभ्यास शिक्षणका पाठ्यक्रम हुन । ती दैनिक व्यवहारमा प्रयोग हुने बिम्ब र प्रयोजन शिक्षण  सामग्री हुन । शिक्षा आर्जन गर्नेले गर्ने व्यावहार शैक्षणिक मूल्याङन हो । समाजले शिक्षासँग भरोशा गर्न थाल्यो भने त्यो विश्वसनीयता हो । शिक्षाले समाज रुपान्तरणको आयाम थप्दै गयो भने त्यो शिक्षाले  वैधता प्राप्त गर्याे ।
ग्रमीण परिवेशमा सार्वजनिक शिक्षामा जनताको विश्वास र समाजपरक चिन्तन कहालिलाग्दो छ । समाजका प्रत्येक गतिविधिमा प्रत्येक पल शैक्षिक वितण्डनाका विषयमा चौतारो, पधेरो, चिया पसल,  नागरिकको घर, आगनी तथा गृहणीले खानामा समेत आक्रोशको ज्वाराभाट  पक्वान बनेर प्रत्येक बाल मस्तिष्कदेखि वयस्कको मस्तिष्क हुदैँ आशाले शैक्षिक विद्यालय स्थापना गर्ने ती बृद्धहरुको मस्तिष्कमा पनि सार्वजनिक शिक्षाप्रति विश्वसनीयता गुमेको स्पष्ठ देखिन्छ । विश्वसनीयता विकासको पहिलो खुड्किलो हो । नेता प्रति जनताको र शिक्षाप्रति शैक्षिक चिन्तन समाजको विश्वसनीयता गुम्नु भनेको समाज असहिष्णुता र अराजकताको सङ्केत हो । आज त्यसैको उपजको रुपमा न शिक्षाप्रति विश्वास छ न भविष्यको मार्गदर्शन गर्न सक्ने कला छ । नैतिकता गुमेको शिक्षाले नीतिगत कार्य गर्न सक्दैन । शैक्षिक समाजको गतिविधिले गरेको व्यावहार र समाजमा गरिने भाष्य तथा कुराकानीमा सधै देखिने आक्रोश र व्यभिचारी शैलीले बालमस्तिष्कको कोमल मनलाई शिक्षितहरुको अराजक गतिविधिले कठोर बनाएको छ ।
नवीन ज्ञान आर्जनको  मस्तिष्क लिएर  विद्यालय तथा सामुदायिक क्याम्पसहरुमा शिक्षा आर्जन गर्न प्रवेश गर्ने शिक्षर्थीहरुले विद्यालय तथा क्याम्पसबाट बाहिर निस्कदा ज्ञान होइन आक्रोश लिएर निस्कन्छन् । विद्यालय तथा क्याम्पसमा शिक्षकको विभेद र लाञ्छानाको शिक्षाबाट उनीहरु दिक्क छन् । वितण्डा न पुस्तकमा भेटिन्छ न त पाठ्यक्रममा नै छ त्यै पनि अभ्यास र प्रयोग दिनन्य भइरहन्छ । महाभारतको युद्ध पढ्न पाइन्छ त्यहाँ सत्यको जित भएको देखाइन्छ । । राम राबणको युद्ध भएको देखिन्छ । रामले राबणलाई हराएको पाइन्छ । यहाँ शिक्षकहरुको युद्धमा कहिल्यै कसैको हार हुदैन । यहाँ पाँचपाँच वर्षमा राजनीतिक सरकार फेरिन्छ पुनः अर्को शिक्षकको जित भइरहन्छ ।सबै विद्यालय र सामुदायिक क्याम्पसहरुमा हारजित निरन्त चलिरहन्छ ।  विद्यार्थीहरु महाभारत र रामायणकोभन्दा ठूलो युद्ध विद्यालय, क्याम्पसका कक्षाकोठा तथा  परिवेशगत वातावरणमा देख्न र सु–स्पष्ठ हुन पाउछन । गुरुले सिकाएको ज्ञान अजम्बरी हुने हो । त्यै अभ्यास विद्यार्थीहरुले प्रयोग गर्दा कक्षाकोठा नै रणमैदान जस्तै बनेर विद्यार्थीहरु झगडा गरेको पाइन्छ ।
शिक्षित सामजले विभेद जन्माएको छ । त्यहाँ चेतना र विवेके भन्ने कही कतै भेटिदैन । राजनीतिक नीति प्रमुख बनेको छ । दलको झण्डा विभेदको रुप र मात्राको चरमोत्कर्ष छोप्ने साधन भएको छ । अवसरलाई दलीय दलालीसँग पद साटासाट गर्दा विभेदमात्रै होइन वितण्डा नै शैक्षिक रुपमा छ । वौद्धिकता गुम्नामा राख्नु पहिलो सफलता हो । विभेदको रुपबाट वितण्डा मच्चाउने दोस्रो उपलब्धी हो । दलीय झण्डाले कमोजोरीको लाज ढाक्नु तेस्रो प्राप्ति हो । अहङ्कारको उन्मात्त अवसवादको दासत्व पस्किनु चौथो मनोवृत्ति हो । नीतिले नाङ्गीएर तोतेबाली बल्दै पारदर्शिता पस्किनु पाचौ अल्पज्ञान हो । विभेद, वितण्डा, कमजोरी र अल्पज्ञानको गन्तव्य भनेको पतन हो । त्यै भएर शक्तिको आडमा पञ्च तत्वमा ग्रामीण क्षेत्रका शैक्षिक संस्थाहरुबाट विभेदकारी समाज निर्माणको दिशामा गइरहेको छ । शैक्षिक प्रतिस्पर्धामा गाउँपालिकाले संचालन गरेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा विद्यार्थी र शिक्षित समाजबाट नै असुरक्षित महसुस हुने वातावरण सिर्जना भएको देखिन्छ । दश वर्ष पछिको समाज कस्तो हुन्छ ? त्यो शिक्षाले स्पष्ठ देख्नु पर्दछ । यो शैक्षिक अवस्थाले निकट भविष्यमै शिक्षाले अराजक भीड निम्त्याउने सङ्केत गरेको छ । समय मै शिक्षाप्रति चिन्तन गर्न सकिएन भने व्यक्तिगत सुरक्षाको लागि भनेर हतियार राख्ने नीति राज्यले बाध्यकारी भएर  गर्नु पर्ने छ ।
चेतना र ज्ञानको संयोजनबाट रुपान्तरण हुने हो । वर्तमान शिाक्षमा न संस्साकार छ, न चेतना र ज्ञानले नैतिक बनाउन सकेको छ । शक्तिको आडमा पञ्च तत्वमा ग्रामीण क्षेत्रका शैक्षिक संस्थाहरु तिनैहरुको वर्चस्वमा ज्ञानशाली बनाउन खोजिएको छ । नीतिगत एजेण्डा देखिदैँन । शैक्षिक व्यवस्थापनका नवीन ढङ्ग र प्रयोग परक सिद्धान्त प्रयोग गर्न सकेको छैन । लादिएको प्रणालीमा थोपरिएको भूमिकाले अर्जित ज्ञानका लागि तत्पर विद्यार्थीमा आर्जितज्ञान पस्किने कला र सामथ्र्य देखिदैँन । पुरातन चिन्तनबाट नवीन ज्ञान र चिन्तन प्रतिस्थापन भएका छन् । न वैदिक चिन्तनको कलामा निपूर्णता देखिन्छन, न वर्तमान शैक्षिक आयाम पस्कने ढङ्ग छ त्यै पनि लर्वरिएको टेको राजनीतिक शक्तिले थामिदिएको कारण सामाजिक रुपमा स्थापित नै देखिन्छ । समाजले समाजपर चिन्तनमा समाहित गर्ने ज्ञान नहुदा अल्पज्ञानमा नै समाज रमाएको देखिन्छ । ती भुमरीको हावामा ग्राम्रीण परिवेशका शैक्षिक संस्थाहरु विस्तारै विस्तारै उड्दैछन् ।
शिक्षामा ज्ञानकाे संयाेजन भएन भने अहङ्कार जन्मिन्छ । शिक्षामा चेतना भएन भने असहिष्णुता निम्तिन्छ । शिक्षाभित्र चिन्तन र  अनुसन्धान भएन भने अराजकता उत्पन्न हुन्छ । समयमै शिक्षामा ज्ञान, चिन्तन र अनुसन्धान ढाँचाकाे व्यावहारिक शैक्षिक आयाम समुदायमा समाहित गर्न सकिएन भने शिक्षित भीड मात्रै उत्पादन हुने देखिन्छ । सामर्थ्यवान नागरिकद्वारा रूपान्तरित समाजमा नैतिक,जिम्मेवार  र सभ्य नागरिक तयार गर्ने दिशाबाेध तर्फ शैक्षिक अवधारणा प्रस्तुत गर्न ढिला नगरी नीति निर्माण तह लाग्नु पर्ने देखिन्छ ।

गोलन्जोर–६, सिन्धुली
vaikoirala@gmai.comm
9844086282

प्रकाशित मिति: शुक्रबार, बैशाख १५, २०८०