समाचार हेडलाईन न्युज

पत्रकारका समस्या बारे केही पत्रकारहरूबीच छलफल

सुनकोसी न्युज
भाद्र ७ मंगलबार २०७९
काठमाडौं । चुनाव घाेषणा भएको पूर्वसन्ध्यामा सत्तापक्षीय संचारकर्मीहरूबीच मिडिया नीति बारे अन्तर्क्रिया भएको छ।
छलफलमा आमसंचारका समस्या र मिडिया नीति बारे छलफल भएको प्रेस सेन्टरका अध्यक्ष विष्णुप्रसाद सापकोटा जुगलले जानकारी दिए।
न्युनतम पारिश्रमिक निर्धारण समितिले सरकारलाई सिफारिस गरेको प्रतिवेदनले ताेकेकाे तलब मिडिया प्रतिष्ठानले कार्यान्वयन नगरेको अवस्थालाई कसरी समाधान गर्ने भन्ने विषयमा छलफल भएको प्रेस युनियनका अध्यक्ष शिव लम्सालले बताए ।
विज्ञापन बजारमा केही बिगहाउस मिडियाको एकाधिकार र सरकारलाई प्रभावमा पार्ने परम्पराका कारण साना लगानीका र श्रमजीवी पत्रकारको अवस्था सुधार हुन नसकेको प्रेस सेन्टरका इन्चार्ज तथा वरिष्ठ पत्रकार महेश्वर दाहालले बताए। अध्यक्ष संगिता खड्काले “बजेट जम्मा ६६ लाख मात्रै रहेको, पहिलाको  ८०% काम बाँकी थियो । त्यसबाट १८ वटा कार्यक्रम गरेकाे बताइन्  । उनी सदस्य हुँदा १२ वर्ष पहिला ८० लाख बजेट थियो । अहिलेसम्म त्यो बढ्नुपर्नेमा झन् घटेछ भन्ने गुनासो गरिन् । यसकारण पनि यसका कामहरू प्रभावकारी हुनसकेको छैन। सबैसँग छलफल गरेर यसलाई प्रभावकारी बनाउने काम गरिरहेकाे छु, खड्काले थपिन्।
न्युनतम पारिश्रमिक बढाउने बारे तहगत वर्गीकरण गरर  सिफारिस गरिएको छ। सबैको तलब बढाउने सिफारिस गरिएको छ। ६/७ वटा तहमा। त्यसपछि मन्त्रीलाई बुझाउने कार्यक्रम छ।
युनियनका अध्यक्ष शिव लम्सालले भने ” न्युनतमले सरकारलाई बुझाउन तयार पारेको फाइनल प्रतिवेदन तयार पार्दा हामीलाई छलफल जानकारी नहुदा त्यसको अनरशिप कसरी लिन सकिन्छ ?  विज्ञापन बाेर्डले न्युनतम उल्लंघन गर्नलाई विज्ञापन दिइरहने अनि हामीले आन्दोलन गरिदिनुपर्ने ?” उनलेे थपे “यसको गठन स्थापना नै कुनै दाइ पत्रकारलाई जागिर खुवाउन भएको हाे। पछि हाम्रा पनि गए। अरु पनि गए । यसको गठनको उदेश्य र काम पनि अलमल छ।”
प्रेस सेन्टरका इन्चार्ज महेश्वर दाहालले पत्रकारिताकाे बजारका बारेमा व्यापक छलफल गरेर नयाँ नीतिगत मापदण्ड बनाउन जरुरी रहेको बताए । “ठूला कर्पोरेट केही सीमित मिडियाकाे बजारमा एकाधिकार छ। सरकारी विज्ञापनमा पनि एकाधिकार छ। बिगहाउसले नियुक्तिमा हस्तक्षेप गर्छ। संचार मन्त्री कसलाई बनाउने भन्नेमा हस्तक्षेप गर्छ।” उनलेे भने । वर्तमान सरकारले मिडियाको अव्यवस्था हल गर्न कुनै चासो नदिएको उनको गुनासो रहेको छ।

प्रकाशित मिति: मङ्लबार, भदौ ७, २०७९