खेल समाचार हेडलाईन न्युज

दाहाल समेतको फेन्सिङ टोली इजिप्टको काइरो प्रस्थान

सुनकोसी न्युज
असार २९ बुधबार, २०७९
काठमाडौं । विश्व फेन्सिङ च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली इजिप्टको कायरो प्रस्थान गरेको छ ।

इजिप्टको काइरोमा जुलाई ९ देखि १९ तारिखसम्म हुने प्रतियोगिताका लागि ५ पुरुष र ३ महिला खेलाडी काइरो प्रस्थान गरेका हुन् ।

बुधबार बिहान १० बजे एयर अरेबियाबाट दुबईको सारजाह हुँदै १० सदस्यीय फेन्सिङ टोलि काइरो प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।
कइरोमा हुने प्रतियोगितामा सहभागी हुन पायस योञ्जन, दिनेशबहादुर पाण्डेय, राजेन्द्र गजुरेल, सुकीराम तामाङ र भीष्मराज दाहाल `टार्जन´, अनिता कार्की, जानुका स्याङतान र उषा खड्कासहित टोली प्रमुखमा हेल्गा राणा रायमाझी, अफिसियलमा सुजनलाल श्रेष्ठ र प्रशिक्षकमा अभिषेक कार्की काइरो प्रस्थान गरेका हुन् ।
विशेष प्रशिक्षणमा सहभागी हुन पायस भने मंगलबारै इजिप्ट प्रस्थान गरिसकेका छन् ।

काइरो प्रस्थान गर्न लागेको टोलिलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले मंगलबार एक कार्यक्रमबीच बिदाइ गरेका हुन् ।

प्रकाशित मिति: बुधबार, असार २९, २०७९