खेल

ईपीएलमा भैरहवाले चितवनलाई हरायो

एभरेष्ट प्रिमियर लिग (ईपीएल)मा भैरहवा ग्लाडियटर्सले चितवन टाइगर्सलाई ६ विकेटले पराजित गरेको छ । यो चितवनको पहिलो हार हो ।

चितवनले दिएको १५६ रनको चुनौती भैरहवाले १७.५ ओभर खेल्दै ४ विकेट गुमाएर भेटाएको हो ।

भैरहवाका प्रदीप ऐरीले ४३ बलमा ८ चौका र तीन छक्का हान्दै सर्बाधिक ७२ रन बनाए । त्यस्तै तमिनइक्वालले ४० रन बनाए । उपुल थाराङ्गाले नटआउट ३९ रनको योगदान गरे भने रोहित फौडेलले ६, आरिफ शेख र कुशल मल्लले एक/एक रन जोडे ।

चितवनका करिम जनतले दुई र सागर ढकाल र भीम सार्कीले एक/एक विकेट लिए ।

पहिले ब्याटिङ् गरेको चितवनका करिम जनतले ३५,  मोहम्मद साहजादले ३२, सिक्कुगे प्रशन्नाले २४, राजेश पुलामीले १४, दिलीप नाथले १३, कमल ऐरीले ७, देव खनालले ५ र खड्क बोहोराले एक रन बनाएका थिए ।

भैरहवाका अविनाश बोहोराले तीन, कुशल मल्लले दुई र धम्मिका प्रसाद, दुर्गेश गुप्ता  र कृष्ण कार्कीले एक/एक विकेट लिए ।

हारपछि पनि चितवन शीर्ष स्थानमै छ । भैरहवा दोस्रो स्थानमा उक्लिएको छ ।

प्रकाशित मिति: सोमवार, अशोज १८, २०७८

 

 

ताजा अपडेट