खेल विदेश समाचार

बार्सिलोनाको नयाँ कप्तानमा सर्जियो बुस्केट

२०७८ साउन २६ गते मंगलबार

 

काठमाडौं । लिओनल मेस्सीको बहिर्गमनपछि स्पानिस क्लब बार्सिलोनाले बुस्केटलाई नयाँ कप्तान नियुक्त गरेको हो । २०२१÷२२ को सिजनका लागि अब सर्जियो बुस्केट बार्सिलोनाको नयाँ कप्तान बनेका छन् ।

मेस्सीले २१ वर्षपछि बार्सिलोना छाडेका हुन् । ला लिगाको आर्थिक नियमका कारण बार्सिलोनाले मेस्सीलाई क्लबमै राख्न असफल भएको हो ।

३३ वर्षीय बुस्केट पहिलो पटक बार्सिलोनाको कप्तान बनेका हुन् । मेस्सी कप्तान हुँदा उनी उपकप्तान थिए । मेस्सीभन्दा अघि कार्लोस पुयोल, जाभी, इनेस्टाले बार्सिलोनाको कप्तानी गरेका थिए ।

बुस्केट सन् २००५ मा टिनएज खेलाडीको रुपमा बार्सिलोनामा आबद्ध भएका थिए । उनले २००८ देखि निरन्तर सिनियर टिमका लागि खेल्दै आएका छन् । यस्तै बुस्केटले स्पेनको राष्ट्रिय टिमको कप्तानीसमेत गरिसकेका छन् ।

बार्सिलोनाले आगामी साता रियल सोसिडाडसँग खेल्दै नयाँ सिजनको ला लिगाको सुरुआत गर्नेछ ।

 

प्रकाशित मिति: मङ्लबार, साउन २६, २०७८