समाचार

दार्चुला घटनाबारे सभामुखको रुलिङ

सनकोशी न्युज
२०७८ श्रावण २६ गते मंगलबार

काठमाडौं । दार्चुला घटनाबारे यथार्थ जानकारी दिन सभामुख अग्नि सापकोटाले सरकारलाई रुलिङ गरेका छन् ।

तुइनबाट खसेर महाकाली नदीमा बेपत्ता भएको घटनाको  यथार्थ जानकारी दिन सभामुख सापकोटाले रुलिङ गरेका हुन् ।

गत साउन १५ गते नेपालबाट भारत जाने क्रममा तुइनबाट खसेर महाकाली नदीमा धामी बेपत्ता भएका थिए । प्रत्यक्षदर्शीका अनुसार भारतीय सीमा सुरक्षा बल एसएसबीले तुइन चुडाइदिएकाले धामी नदीमा बेपत्ता भएको बताएका छन् । भारतीय पक्षले यस घटनामा एसएसबीको संलग्नता नभएको दाबी गर्दै आएको छ ।

गृह मन्त्रालयले यथार्थ पत्ता लगाउन सहसचिव जनार्दन गौतमको नेतृत्वमा छानविन समिति गठन गरेको छ । समितिका सदस्यहरु घटनास्थलको अनुगमन गरी फर्किएका छन् । गृह मन्त्रालयले समितिलाई १० दिनभित्र प्रतिवेदन बुझाउन भनएिको छ ।

प्रकाशित मिति: मङ्लबार, साउन २६, २०७८