मुख्य समाचार शिक्षा/स्वास्थ्य समाचार

९ हजार ३ सय ५ संक्रमित थपिदा ४४४४ जना निकाे भए

सुनकाेशी न्युज  २०७८ वैशाख २९ गते बुधबार,        काठमाडौं  । पछिल्लो २४ घण्टामा नेपालमा थप ९ हजार ३ सय ५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पीसीआर विधिबाट ९ हजार २ सय ३८ र एन्टिजेन विधिबाट ६७ जनाको परीक्षण गर्दा जम्मा ९ हजार ३ सय ५ जनामा संक्रमण पुष्टि भएको हो ।

नेपालमा पछिल्लो २४ घण्टाभित्र कोरोनाले १ सय ६८ जनाको मृत्यु भएको छ । आज ४ हजार ४ सय ४४ जना निको भएका छन् ।

प्रकाशित मिति: बुधबार, बैशाख २९, २०७८