मुख्य समाचार समाचार हेडलाईन न्युज

वैशाख २७ गते प्रतिनिधि सभाको बैठक आह्वान: प्रधानमन्त्रीले विश्वासको मत लिने

सुनकोशी न्युज

२०७८ बैशाख १९ गते आइतबार

काठमाडौ – राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख २७ गते सोमबार दिउसो १ बजे प्रतिनिधि सभाको बैठक आह्वान गरेकी छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा विश्वासको मत लिने प्रयोजनका लागि बैठक आह्वान गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

“प्रधानमन्त्रीले नेपालको संविधानको धारा १०० को उपधारा (१) बमोजिम आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने कुरा स्पष्ट गर्न आवश्यक ठान्नु भएकाले सोही प्रयोजनको लागि नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम प्रतिनिधि सभाको अधिवेशन आह्वान गर्नुभएको छ,” राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्तिमार्फत उल्लेख गरेका छन् ।

विज्ञप्ति:

प्रकाशित मिति: आइतवार, बैशाख १९, २०७८