समाचार हेडलाईन न्युज

नेपालमा थप ७ हजार ४ सय ४८ जनामा कोरोना: ३७ जनाको मृत्यू

सुनकोशी न्युज

२०७८ बैशाख २० गते सोमबार

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा ७ हजार ४ सय ४८ जनामा कोरोना भाइरस (कोभिड–१९) का संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ६ सय ५८ पीसीआर परीक्षणबाट देशभर ७ हजार ३ सय ८८ जनामा संक्रमण पुष्टि भएको छ । त्यसैगरी ५ सय १८ एन्टिजेन परीक्षणमा ६० जनामा पोजिटिभ देखिएको छ । पीसीआर र एन्टिजेन गरी संक्रमितको संख्या ७ हजार ४ सय ४८ पुगेको छ ।

काठमाडौं उपत्यकामा भक्तपुरमा २२२, ललितपुरमा ५२२ र काठमाडौंमा २९२२ जना गरी ३६६६ संक्रमित थपिएका छन्।

पछिल्लो २४ घण्टामा थप ३७ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ३ सय ६२ पुगेको छ।

रिपोर्ट:

प्रकाशित मिति: सोमवार, बैशाख २०, २०७८