समाचार हेडलाईन न्युज

मेलम्चीको पानी सबैलाई औशत हजार लिटर, तत्काल समानुपातिक बितरण नहुने

सुनकोशी न्युज
२०७७ चैत्र १६ गते सोमबार
काठमाण्डौं । मेलम्चीको पानी अब दुई–दुई दिनको अन्तरालमा बालाजुस्थित पानीपोखरी, बाँसबारी र महाराजगञ्जस्थित पानी ट्यांकीबाट वितरण गरिनेछ । त्यसपछि कीर्तिपुर, ठिमी र भक्तपुरस्थित ट्यांकीहरुबाट वितरण हुनेछ ।

सुरुमा पुरानै वितरण सञ्जालबाट पानी वितरण गरिएको छ । अब काठमाडौंमा बिछ्याइएका करिब ११ सय किलोमिटर नयाँ वितरण लाइनमा पनि परीक्षण गर्दै पानी छोड्दै जाने योजना छ । यो परीक्षणका लागि दैनिक ३ देखि ४ करोड लिटर पानी छुट्याइने केयूकेएलका प्रवक्ता प्रकाशकुमार राईले जानकारी दिए । उनका अनुसार यसै महिनाभित्र उपत्यकाबासीलाई दैनिक १७ करोड लिटर पानी वितरण हुनेछ ।

अहिले केयूकेएलले साप्ताहिक तालिका बनाएर पानी दिँदै आएको छ । मेलम्चीको पानी वितरण सुरु भएपछि धेरैजसो स्थानमा हरेक दिन वा दिन बिराएर पानी दिन सकिने केयूकेएलको दावी छ ।

यद्यपि पानी आउने अवधि (घण्टा) भने स्थानअनुसार फरक(फरक हुनेछ । औसतमा हरेक ग्राहक ९घर०को भागमा दैनिक एक हजार लिटर पानी वितरण गर्न सकिने केयूकेएलका सीईओ मिलन शाक्यले बताए ।

उनका अनुसार केयूकेएलसँग हाल २ लाख ३० हजार ग्राहक छन् । एउटा घरमा १० जना मानिस बस्छन् भन्ने अनुमानका आधारमा प्रतिव्यक्ति औसत १०० लिटरसम्म पानी दिन सकिने उनले बताए ।

यद्यपि वितरण लाइनको अवस्था, भौगोलिक अवस्थिति लगायतका कारण सबै ग्राहकको घररकार्यालयमा एउटै दरमा पानी वितरण गर्न गाह्रो रहेको उनले सुनाए । ‘कतिपय स्थानमा पुराना वितरणलाइन साँघुरा र साना समेत छन्,’ उनले भने, ‘चाहेर पनि हामीले समानुपातिक रुपमा वितरण गर्न सक्दैनौं ।’ महांकाल वितरण केन्द्रले निकालेको तालिको पनि यसलाई पुष्टि गर्छ ।

तालिकाअनुसार २४ इन्चको पाइपलाइनबाट मैतीदेवी, घट्टेकुलो र डिल्लीबजार क्षेत्रका ३ हजार ७९० ग्राहकले तत्कालै ग्राहकले दैनिक असौत १ हजार ५२० लिटर पानी पाउनेछन् । महांकालबाटै वितरण हुने १२ इन्चको पाइलपाइन रहेको जयबागेश्वरी, मित्रपार्क, चाबहिल, रातोपुल लगायतका क्षेत्रका ४ हजार ८९० ग्राहक दैनिक औसत ३६८ लिटर मात्रै पानी पाउनेछन् ।

नयाँ वितरणलाइनको परीक्षण सकिएपछि भने वितरणको परिमाण सुधार हुने केयूकेएलले जनाएको छ ।

तथापि काठमाडौंमा खानेपानीको माग ४७ करोड लिटर पुगिसकेको छ । हाल आपूर्ति भइरहेको ८ करोड लिटर र मेलम्चीबाट आएको १७ करोड लिटर जोड्दा पनि माग धन्न भने सक्दैन । केयूकेएलका सीईओ शाक्य भन्छन्, ‘त्यसैले २४ नै घण्टा पानी दिन सकिँदैन, मेलम्चीमा याङ्ग्री र लार्केको पानी मिसाएपछि अधिकांश समयमा पानी दिनसक्छौं भन्ने विश्वास छ ।’

प्रकाशित मिति: सोमवार, चैत्र १६, २०७७