मुख्य समाचार शिक्षा/स्वास्थ्य समाचार

कोरोनाबाट नेपालमा ५०९ जनाको मृत्य, जम्मा ७९ हजार ७२८ जना संक्रमित

सुनकोशी न्युज
२०७७ असोज १५ गते विहिबार
काठमाण्डौं । देशभर कोरोना संक्रमितको कुल संख्या ७९ हजार ७२८ पुगेको छ ।

बिगत २४ घण्टामा मात्रै १९११ जना नयाँ संक्रमित थपिएका छन् । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बिहीबारको नियमित प्रेस ब्रिफिङमा उक्त कुरा बताएका हुन् ।

बितेको २४ घण्टामा काठमाडौंमा ८१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै ललितपुरमा ६८ र भक्तपुरमा ५८ जनामा संक्रमण पुष्टि भएको छ ।

यसैगरी मोरङमा १०५, कैलालीमा १६१, रुपन्देहीमा ९१ सहित अन्य विभिन्न जिल्लामा गरी बितेको २४ घण्टामा मात्रै १९११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हालसम्म ५७ हजार ३८९ जना कोरोना मुक्त हुँदा देशभर सक्रिय संक्रमिमतको संख्या २१ हजार ८३० पुगेको छ ।

हाल संस्थागत आइसोलेशनमा १० हजार ७६१ र होम आइसोलेशनमा ११ हजार ६९ हजार रहेको जानकारी दिए ।
यस्तै हाल देशभर आईसीयूमा २२० र भेन्टिलेटरमा २५ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु भएसँगै कोरोनाबाट मृत्य हुनेको कुल संख्या ५०९ पुगेको छ ।

प्रकाशित मिति: बिहिबार, अशोज १५, २०७७