बागमती मुख्य समाचार

सिन्धुली–रामेछाप जोड्ने खैरेनीघाट सुनकोशी नदीमा निर्मित पुलको प्रचण्डद्वारा उद्घाटन्

२०७६ श्रावण १९ गते आइतवार,

सिन्धुलीको दुम्जा र रामेछापको सुनापति र खा“डादेवी जोड्ने संगमस्थल खैरेनी घाटमा सुनकोशी नदीमाथि मोटरेबल बेली ब्रिज निर्माण कार्य सम्पन्न भएको छ ।
नेकपाका अध्यक्ष क.प्रचण्डले आज एक कार्यक्रमका बीच उक्त पुलको उद्घाटन गर्नुभएको हो । कार्यक्रममा नेकपा स्थायी समिति सदस्य हरिवोल गजुरेल लगायत रामेछाप र सिन्धुलीका जिल्लास्तरीय नेता तथा जनसाधरणको उल्लेख्य उपस्थिति रहेको थियो । अध्यक्ष प्रचण्ड हिजो मात्रै सपरिवार संयुक्त अरब इमिरेटबाट सपरिवार नेपाल आउनु ुभएको हो ।
खैरेनी घाटमा बनेको उक्त पुलबाट सिन्धुली, काभ्रे र रामेछापका जनतालाई सहज भएको छ । खा“डादेवी र सुनापतिका जनतालाई विपि राजमार्गसम्म आउनको लागि नव निर्मित पुलले धेरै सहज बनाएको कार्यक्रममा उपस्थित सहभागीले बताए ।
पुलको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहले अनावश्यक चलखेल गरेकोमा कटाक्ष गरेका छन् । कमल थापाहरुको का“धमा चढेर परिवर्तनको विरुद्ध नलाग्न उनले शाहलाई चेतावनी दिए । जनताले सदासयता देखाएर अहिलेसम्म नागार्जुन दरबारमा बस्न दिएका छन्, निह“ खोजे त्यहा“बाट पनि जजनताले लखेट्ने उनको चेतावनी थियो । केही दिनपहिला नेपालमा हिन्दुवादी भारतीय कुटनीतिज्ञहरुको बाक्लो चलखेल भएको परिवेशमा प्रचण्डले ज्ञानेन्द्रलाई गरेको खबरदारीलाई जोडेर चर्चा गर्न थालिएको छ ।

प्रकाशित मिति: आइतवार, साउन १९, २०७६