समाचार हेडलाईन न्युज

खुल्ने भए होटलहरु

सुनकोशी न्युज
२०७७ साउन १५ गते बिहीबार

लकडाउनका कारणले बन्द भएका देशभरिका होटल तथा रेष्टुरेन्ट बिहीबारबाट खुल्ने भएका छन्।

साउन १५ देखि तोकेका मापदण्ड पूरा गरेर होटल व्यवसाय खोल्न अनुमति दिने निर्णय सरकारले गरेअनुसार आजदेखि खुल्ने भएका हुन्।

सरकारले बिहीबार देखि खोल्न अनुमति दिए पनि होटलहरु पूरा क्षमतामा भने खुल्ने छैनन्। व्यवसायीहरूका अनुसार ग्राहकको मागअनुसारमात्र खुल्ने छन्।

प्रकाशित मिति: बिहिबार, साउन १५, २०७७