समाचार हेडलाईन न्युज

नेकपाको केन्द्रीय कमिटी बैठक माग गर्दै १५२ केन्द्रीय सदस्यले हस्ताक्षर बुझाए

सुनकोशी न्युज
२०७७ साउन १४ गते बुधबार

विवादका कारण स्थायी कमिटी बैठक बिथोलिएका बेला सत्तारुढ नेकपाको केन्द्रीय कमिटी बैठक माग गर्दै १५२ केन्द्रीय सदस्यले हस्ताक्षर बुझाएका छन् ।

पार्टीमा पछिल्लो समय विवाद बढ्दै गएको तर सचिवालय र स्थायी समितिले त्यसको समाधान निकाल्न नसकेकाले उनीहरूले केन्द्रीय कमिटी बैठक माग गरेका हुन्।

हस्तक्षार बुधबार अपरान्ह पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा अध्यक्षद्वयलाई संवोधन गर्दै केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकाललाई बुझाएका हुन्।

बैठक माग गर्दै हस्ताक्षर बुझाउने सदस्यहरु अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका छन् ।

प्रकाशित मिति: बुधबार, साउन १४, २०७७

 

 

ताजा अपडेट