समाचार हेडलाईन न्युज

पत्नी राधिकाको साथमा प्रधानमन्त्री ओली वामदेवको निवासमा

सुनकोशी न्युज
२०७७ साउन १३ गते मंगलवार

काठमाडौँ — प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली उपाध्यक्ष वामदेव गौतमलाई भेट्न भैंसेपाटीस्थित उनको निवासमा पुगेका छन् ।

पत्नी राधिका शाक्यको साथमा ओली मंगलबार साँझ ७ बजे गौतमको निवासमा पुगेका हुन्। पार्टी महासचिव विष्णु पौडेल पनि गौतमकै निवासमा छन्।

गौतमले मंगलबारमात्रै विवाद समाधानका लागि भन्दै ६ बुँदै प्रस्ताव दुई अध्यक्षलाई बुझाएका थिए । नेकपाभित्र विवाद चर्किएका बेला ओली गौतमको निवासमा पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

प्रकाशित मिति: मङ्लबार, साउन १३, २०७७