समाचार हेडलाईन न्युज

पौडलपक्ष पार्टी केन्द्रीय कार्यालय सानेपामा शेरबहादुर देउवालाई लिखित असहमति बुझाउने ।

सुनकोशी न्युज
२०७७ साउन १५ गते बिहीबार

काठमाडौँ – महाधिवेशनको कार्यतालिका सार्वजनिक भइसकेको अवस्थामा निर्वाचनलाई प्रभावित पार्नेगरी भइरहेका मनोनयनको विरोध गर्दै कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सभापति शेरबहादुर देउवालाई अहिले सामूहिक लिखित असहमति बुझाउने भएको छ ।

पार्टीका केन्द्रीय विभाग र निकायहरुमा भइरहेका मनोनयनको विरोध गर्दै बुधबार पौडेल पक्षको बैठकले लिखित असहमित जनाउने निर्णय गरेको थियोे ।

यसअघि पनि पौडेल पक्षले लिखित रुपमा सभापति देउवाको ध्यानाकर्षण गराएको थियो । त्यसपछि पनि मनोनयन हुँदै गएपछि देउवालाई भेटेरै सामूहिक रुपमा बिरोध पनि गर्ने र यसै मुद्दालाई पार्टीको तल्लो तहसम्म लैजाने रणनीतिमा पौडेल पक्ष पुगेको हो ।

प्रकाशित मिति: बिहिबार, साउन १५, २०७७