पर्यटन

११ वटा पार्क बनाउँदै काठमाडौं महानगर, ४० आयोजनाका लागि ९५ करोड बजेट

सविना कार्की

बिहिबार, साउन १६, २०७६

काठमाडौं संसारका सबै ठूला सहरमा मनोरञ्जनका लागि विभिन्न पार्कहरु हुन्छन् । सिंगापुर, हङकङ, थाइल्याण्ड, लण्डन, फ्रान्स लगायतका सहरमा मनोमहक पार्कहरु पाइन्छन् । चाहे त्यो सरकारले निर्माण गरेको होस् या नीजि संघ संस्थाले ।

तर नेपालको सन्दर्भमा हेर्ने हो भने त्यस्ता मनमोहक पार्क भेट्न निकै मुस्किल छ । कतिपय पुराना पार्कलाई व्यवस्थित बनाउन सकिएको छैन । उपत्यकामा त खुला क्षेत्रको निकै ठूलो अभाव रहेको छ ।

काठमाडौंभित्र मनोरञ्जन स्थलको अभाव महशुस गर्दै काठमाडौं महानगरपालिकाले विभिन्न स्थानमा पार्क निर्माण गर्ने योजना ल्याएको छ ।

महानगरपालिकाले चालु आर्थिक वर्षमा ४० वटा आयोजना निर्माण गर्ने भएको छ । जसअन्तर्गत ११ वटा रमणीय पार्क, ४ वटा वडा कार्यलय, सार्वजनिक शौचालय, सत्तल, मठ मन्दिर र सम्पदा मार्ग रहेका छन् ।

४० वटा योजनाका लागि महानगरले ९५ करोड ९६ लाख बजेट विनियोजन गरेको छ ।

काठमाडौं महानगरपालिका अन्तर्गत रहेको शहरी योजना आयोगले ती आयोजनाको योजना समेत तयार पारेको हो ।

४२ वटा योजनाको तयारीका लागि १ वर्ष लागेको बताउँदै आयोगका उपाध्यक्ष सरोज बस्नेत भन्छन्, ‘आयोजनाको डिजाइन भइसकेको छ’ ।

प्रकाशित मिति: बिहिबार, साउन १६, २०७६