पर्यटन समाचार हेडलाईन न्युज

ठमेल पर्यटन विकास परिषद्को चुनाव : शर्मा र अधिकारीकाे अलग प्यानल घाेषणा

सुनकोसी न्युज
असार ३१ शुक्रबार  २०७९, काठमाडौं ।
ठमेल पर्यटन विकास परिषद्   TTDC  काे नवाै कार्यसमितिको चुनावका लागि दुईवटा प्यानल घाेषणा भएको छ। अध्यक्ष उम्मेदवार  भविश्वर शर्माको प्यानल उम्मेदवारी घाेषणा कार्यक्रम नयाँ बजारको नयाँ बजार मल्टि भेन्युमा सम्पन्न भएको छ।उता लैनचौरस्थित पार्टी प्यालेसमा अर्का अध्यक्षका उम्मेदवार ध्रुव अधिकारीकाेप्यान लघाेषणा भएको छ।

आगामी असार ३२ गते शनिबार  चुनाव हुदैछ । आगामी दुई वर्षको नवाैं  कार्यकाल  २०७९ (2022) का लागि १७ सलस्यीय नयाँ कार्यसमितिको लागि करिब १६०० मतदाता व्यवसायीले ७ जना पदाधिकारी सहित १५ जनाकाे लागि मतदान गर्नेछन् । दुई सदस्य पछि निर्वाचित कार्यसमितिले मनाेनयन गर्नेछ ।

वर्तमान कार्यसमितिका अध्यक्ष लगायत बहुमत कार्यसमिति र ५५ वटाभन्दा बढी पर्यटन सम्बद्ध संस्थाको यो प्यानललाई समर्थन रहेकोे घाेषणा कार्यक्रममा आयोजकले जानकारी दिए।

शर्माको प्यानलमा उम्मेदवारहरू स्थानीयबासी व्यवसायी, घरवाला, इन्जिनियर, खेलाडीदेखि समाजसेवीसम्म रहेका छन् । तर उनीहरू सबै ठमेलका स्थापित व्यवसायी हुन्। शर्मा वर्तमान कार्यसमितिका उपाध्यक्ष हुन् भने महासचिव वर्तमानका सचिव ।

ठमेललाई डिजिटल शहर, नम्बर वान पर्यटकीय गन्तव्य र व्यवस्थित सफा बनाउने, पार्किङ व्यवस्थित गर्ने, फाेहाेर व्यवस्थापन गर्ने र घरवाला र व्यवसायीको सम्बन्ध सुधार गर्ने लगायत एजेन्डा लिएर यो प्यानल चुनावी  मैदानमा उत्रिएको अध्यक्ष भविश्वर शर्माले जानकारी दिए। उनलेे ठमेलमा पर्यटकलाई कसरी आकर्षित गर्ने, कसरी ठमेल व्यवस्थित गर्ने भनेर गुरुयोजना बनाएर काम गरिने जसका लागि नम्बरवाइज प्राथमिकता निर्धारण गरिएको शर्माले बताए ।

उपाध्यक्ष रहेको बेलामा पनि उनलेे काेभिड महामारीको समयमा १० हजार खाेप ल्याएर ठमेलबासीलाई लगाइदिएको जसका कारण ठमेलमा केही मात्रामा भए पनि व्यवसाय गर्न सहज भएको विभिन्न संघ/ संस्थाका अध्यक्षले बताए । काेभिडका कारण डमाडाेल भएको ठमेल बजारको अर्थतन्त्र सुधार गर्न बिनाधिताे १५ लाख रिण दिलाउने व्यवस्था समेत शर्माको पहलमा भएको थियोे । यी सबै कारणले गर्दा शर्मा प्यानलकाे विजय सुनिश्चित भएको वर्तमान अध्यक्ष समीर गुरुङले ठाेकुवा गरे।

भविश्वर शर्माको प्यानलका पदाधिकारी र सदस्यका उम्मेदवार यश प्रकार रहेका छन्  :

अध्यक्ष :  भविश्वर शर्मा
उपाध्यक्ष : सहदेव धमला
उपाध्यक्ष  : सुरेन्द्र श्रेष्ठ
उपाध्यक्ष  : प्रश्रय राजभण्डारी
महासचिव  : बद्री प्रसाद तिमल्सिना
सचिव  : साेजेश मान मालाकार
काेषाध्यक्ष : उज्ज्वल थपलिया
सदस्यहरू  :
चेतनाथ पुडासैनी
काेपिला सिंखडा तिवारी
राेशन अधिकारी
लालबाबु चाैधरी
पूर्णिमा  मालाकार
अम्रित थाेकर
पूर्ण प्रसाद चाैलागाई
तेन्जिङ लामा

प्रकाशित मिति: शुक्रबार, असार ३१, २०७९