मुख्य समाचार समाचार

सिन्धुली अस्पतालमा आइसोलेशनमा राखिएका बिरामीलाई कोरोना नभएको पुष्टि

सिन्धुली जिल्ला अस्पताल

सुनकोशी न्युज
२०७६ चैत्र ७ गते,
काठमाण्डौं । सिन्धुली अस्पतालमा आइसोलेसनमा राखिएका बिरामीमा कोरोना संक्रमण नरहेको पुष्टि भएको छ ।
केही दिन पहिला अत्याधिक ज्वारो लगायत कोरोना भाइरस लागेको विरामीसँग मिल्ने लक्षेण देखिएका एक स्थानीय बृद्धलाई जिल्ला अस्पतालको आइसोलेशन वार्डमा भर्ना गरिएको थियो । अस्पतालले उनको स्वाब परिक्षणको लागि टेकु अस्पताल पठाएको थियो । आज आएको स्वाव परिक्षणको रिपोर्ट निगेटिभ भएको सिन्धुली अस्पतालका प्रवक्ता डाक्टर प्रशन्नाले जानकारी दिनुभएको छ ।
केही समयपहिला धरानमा आफन्त भेटेर आएका उक्त बृद्धलाई कोरोनाको आशंकामा सिन्धुली अस्पतालमा आइसोलेशनमा राखिएको थियो ।
सिन्धुलीमा पनि कोरोनाको बिरामी भेटिएको भनेर जिल्लाबासीमा छाएको चिन्ता र त्रास परिक्षणमा आएको नेगेटिभ रिजल्टसँगै हराएको छ । यसको मतलब सिन्धुलीमा कोरोनाको संक्रमण आउदैन भनेर ढुक्क भएर बस्ने भन्ने हुदैन । सबैले आफ्नो स्थानमा उच्च सतर्कता अपनाउन आवश्यक रहेको अस्पतालका अध्यक्ष प्रल्हाद पोखरेलले बताउनुभयो ।

प्रकाशित मिति: शुक्रबार, चैत्र ७, २०७६