हेडलाईन न्युज

सकियो नेकपाको समूहगत छलफल, शुक्रवार अपरान्ह निष्कर्ष पेश गरिने

सुनकोशी न्युज,
२०७६ माघ १६
काठमाण्डौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का केन्द्रीय सदस्यहरूले बिहीवारको छलफल सम्पन्न गरेका छन् ।

चालू केन्द्रीय कमिटीको बैठक अन्तर्गत ४ सय ४५ केन्द्रीय कमिटी सदस्यहरूलाई अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथि छलफल गरेका हुन् ।शुक्रवार अपराह्न बस्ने बैठकमा १५ वटै समूहका टोली नेताहरूले छलफलको निष्कर्ष प्रस्तुत गर्नेछन् ।

१० नम्बर समूहले भने थप छलफल गर्ने भन्दै शुक्रवार बिहानको समयलाई तोकेको छ । समूहका सदस्य युवराज चौलागाईंले लोकान्तरलाई विधान संशोधनका बुँदाहरूमा छलफल हुन नसकेको बताए ।ुसमय अभावका कारण सबै विषयमा छलफल हुन सकेन,ु चौलागाईंले भने, ुभोलि बिहान पुनः छलफल गर्नेछौं र दिउँसोको बैठकमा निष्कर्ष प्रस्तुत गर्नेछौं ।ु

नेकपाले केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकको आयोजना गरेको हो । विधान अनुसार ६र६ महिनामा केन्द्रीय कमिटीको बैठक बस्नुपर्ने भएपनि अहिले करीब १८ महिनापछि बैठक बसेको हो ।

प्रकाशित मिति: बिहिबार, माघ १६, २०७६