हेडलाईन न्युज

१८ सिटका लागि भएको राष्ट्रियसभा चुनावमा १६ सिटमा नेकपा विजयी

सुनकोशी न्युज,
सरला कार्की,
२०७६ माघ ९ गते
आज भएको राष्ट्रिय सभाको चुनावमा लगभग सबै स्थानमा नेकपा गठबन्धनले सफलता हात पारेको छ । एक तिहाई सदस्यका लागि भएको चुनावमा नेकपाले उक्त नतिजा हार पारेको हो ।
१८ पदका लागि सात प्रदेशबाट नेकपाले उम्मेदवारी दिएको थियो । जसमा प्रदेश नंं २ मा खालि भएको ४ सिटमा राजपा र नेकपाले २–२ सिट बाँढेका थिए । यहाँ चारै सिटमा नेकपा–राजपा गठबन्धनले जितेको छ । प्रदेश नम्बर एकमा तीन सिटका लागि भएको चुनावमा तीनै सिटमा नेकपाले बाजी मारेको छ ।
बागमति प्रदेशमा दुई सिटको लागि भएको चुनावमा बेदुराम भुषालले जित हासिल गरेका छन् भने अर्को एक सिटको नतिजा आउन बाँकि छ । गण्डकी प्रदेशमा दुबै सिटमा नेकपाले जितेको छ । यहाँबाट नारायणकाजी श्रेष्ठले जिेतका छन् । पाँचमा जगप्रसाद शर्मा सहित तिनै जना नेकपाका उम्मेदवारले जितेका छन् । त्यसैगरी कर्णाली र सुदुर पश्चिममा पनि नेकपाले सबै सिटमा जित हासिल गरेको छ ।
यसपटकको राष्ट्रिय सभाको चुनावमा नेकपाले सबै सिटमा जित हासिल गरेको लगभग पक्का भएको छ ।

विजयी उम्मेदवारको सूची

प्रदेश १

दलित– गोपी अच्छामी (नेकपा)
महिला- इन्दिरा गौतम(नेकपा)
अन्य– देवेन्द्र दाहाल(नेकपा)

प्रदेश २

महिला– तुलसा दाहाल (नेकपा)

दलित– राधेश्याम पासवान (नेकपा)

अन्य– मृगेन्द्र यादव (राजपा)

अल्पसंख्यक– शेखरकुमार सिंह (राजपा)

बागमती प्रदेश

महिला– गंगा बेलवासे (नेकपा)

अन्य– वेदुराम भुसाल (नेकपा)

गण्डकी प्रदेश

अन्य– नारायणकाजी श्रेष्ठ (नेकपा)

महिला– भगवती न्यौपाने (नेकपा)

प्रदेश ५

महिला– विमला घिमिरे (नेकपा)

अपाङ्गता तथा अल्पशंख्यक– जगप्रसाद शर्मा (नेकपा)

अन्य– गोपाल भट्टराई (नेकपा)

कर्णाली प्रदेश

अन्य– माया प्रसाद शर्मा (नेकपा)

महिला– सुमित्रा बिसी (नेकपा)

सुदूरपश्चिम प्रदेश

अन्य– तारामान स्वार (नेकपा)

महिला– शारदा भट्ट (नेकपा)

प्रकाशित मिति: बिहिबार, माघ ९, २०७६