स्थानीय हेडलाईन न्युज

नक्कलीडाँडा र मथौलीमा डिपबोरिङ, वर्षौंदेखिको पानीको हाहाकार अब अन्त्य

 

सुनकोशी न्युज,
सरला कार्की,
२०७६ माघ ९ गते
मरिण । मरिण गाउँपालिका वडा नं। ३ को नक्कलीडाँडा र मथौलीमा डिप बोरिङ प्रणालीबाट खानेपानीको व्यवस्था गरिएको छ । दुबै स्थानमा वडाको बजेटबाट खानेपानीको लागि डिप बोरिङ खनिएको सोही वडाका अध्यक्ष तथा मरिण गाउँपालिकाका प्रवक्ता विमर्श मोक्तानले जानकारी दिनुभयो । दुई इन्च मोटो पानी उक्त बोरिङबाट चौविसै घण्टा आफैं निस्किरहेको बताइन्छ । २०७६÷७७ को गाउँसभाबाट वडा नं। ३ का लागि पारित बजेटबाट यी योजनाहरु निर्माण गरिएका हुन् ।
वडा नं। ३ को मथौल र नक्कलीडाँडा वाषैंदेखि खानेपानीका लागि काकाकुल अवस्थामा रहेको थियो । वडा अध्यक्षको सक्रियतामा यी स्थानमा डिप बोरिङ मार्फत लगभग दुई इन्च मोटो पानीको व्यवस्था भएपछि गाउँभरिका जनतालाई पर्याप्त खानेपानी पुगेर सुख्खायाममा सिचाइको लागि समेत पर्याप्त हुने स्थानीय जनताले बताएका छन् ।
वडाको बजेटबाट चनौटेस्थित ठाकुर राजाकोृ दरबारमा भ्यु टावर निर्माणको कार्य अघि बढेको वडा अध्यक्ष विमर्शले जानकारी दिनुभयो । प्रदेश नं। ३ सरकारको लगभग छ करोड लगानीमा सुके, भालुमारा बोटेनी सिचाई आयोजनाको काम पनि यसै क्षेत्रमा संचालन भइरहेको छ । तर यी दुई डिप बोरिङले यहाँका जनतालाई तत्कालका लागि ठूलो राहत प्रदान गरेको देखिन्छ । मरिण गाउँपालिकामा यस वडा नम्बर ३ का अध्यक्ष मोक्तानको सक्रियता र उहाँले विकास निर्माणमा देखाएको तदारुकता अन्य वडा र गाउँका जनप्रतिनिधिका लागि पनि अनुकरणीय बनेको स्थानीय बताउछन् ।
मोक्तानले भरखरै नेपाल टेलिकम, बबरमहलमा बारम्बार ताकेता गरेर बरुणडाँडामा जिएसएम टेलिफोन टावरका लागि बबरमहलसँग सम्झौता गरी निर्माण कार्यका लागि अन्तिम चरणमा रहेको बडाउनु भएको छ ।
संघीय सरकारको शिक्षा मन्त्रालयसँगको सहकार्यमा उहाँले वडामा आयुर्वेद विद्यालय स्थापना गर्ने पहल अगाडि बढाउनु भएको छ । वडा नं. ३ मा रहेको कुशेश्वर मावि नक्कलीमा सञ्चालनका लागि पहल सुरु गरिएको छ । गाउँपालिकामै पहिलो सडक पक्की भालुमारा बजारमा हुदैछ । सो सडक पिच गर्नको लागि वडा कार्यालयको २० लाख र संघीय सांसद माननीय हरिबोल गजुरेलकोको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको १० लाख गरी ३० लाख रकम व्यवस्था भइको छ । जसले ७ मिटर चौडा र ४०० मिटर लामो सडक पिच हुदैछ । यसका साथै बाटोघाटो, स्वास्थ्य, शिक्षा, खानेपानी, लगायत जनताका दैनिक जीवनमा आइपर्ने हरेक कार्यमा वडाध्यक्ष दिलोज्यानले खट्ने गरेको उहाँलाई मत दिएर जिताउने जनता बताउछन् ।

प्रकाशित मिति: बिहिबार, माघ ९, २०७६