हेडलाईन न्युज

मरिण गापाको वडा नं.३ मा प्रेसरकुकर बम, रातभरि प्रहरीको घेरामा, भोलि विहान मात्रै डिस्पोज गरिने

सुनकोशी न्युज,
किरण खड्का, २०७६ पौष २३
सिन्धुली । मरिण गाउँपालिका, वडा नं ३ कार्यालयमा बम भेटिएको छ । अज्ञात समूहले राखेको ३ लिटरको कुकर बम र एकथान मोबाइल वडा अध्यक्षको कार्यकक्ष पछाडि भेटिएको हो ।

बम दिउँसो १२ बजे वडा कार्यालय सरसफाइको क्रमामा कार्यालय सहयोगीले फेला पारेका हुन् । बम राखिएको ठाउँमा अहिले इलाका प्रहरी कार्यालय, कपिलाकोटबाट प्रहरी पुगिसकेको छ । शंकास्पद बम राखिएको क्षेत्रलाई प्रहरीले सुरक्षाघेराभित्र राखेको छ ।

मोबाइल र बम सँगसँगै रहेको हुँदा बम कसले र्के उदेश्यले राखेको हो र सो कुन प्रकृतिको बम हो वा अरु केही वस्तु हो भन्ने कुरा पत्ता लागिनसकेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीकी इन्चार्ज प्रहरी उपरिक्षक रञ्जु सिग्देलले सुनकोशी न्युजलाई जानकारी दिनुभयो । उहाँले सो शंकास्पद वस्तु बम नै हो भनेर अहिले स्पष्ट भन्न नसकिने भन्दै सेनाको बम डिस्पोजल टोलीले निरिक्षण गरेपछि मात्रै निक्र्योले हुने बताउनु भयो ।

प्रहरीसँग बम डिस्पोजल टोली नभएको र बम निश्क्रिय पार्ने अधिकार नेपाली सेनालाई मात्रै भएकाले सेनाको बम डिस्पोजल टोली घटनास्थलमा पुगेपछि मात्रै उक्त शंकास्पद वस्तु निश्क्रिय पारिने पनि उपरिक्षक सिग्देलले जानकारी दिनुभयो ।

राती बम डिस्पोज गर्न नमिल्ने भएका कारण सेनाको बम डिस्पोजल टोली विहिबार विहान मात्रै घटनास्थल पुगेर बम निश्किृय पार्ने, रातभरि बमलाई प्रहरीले सुरक्षा दिएर राख्ने सोही वडाका वडाध्यक्ष प्रख्यात मोक्तानले सुनकोशी न्युजलाई बताउनुभयो ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रकाशित मिति: बुधबार, पुस २३, २०७६