बागमती समाचार

सिजपको अध्यक्षमा डङ्गोल निर्वाचित

काठमाण्डौं । बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप) मा बालअधिकारकर्मी युवा नरेन्द्र डङ्गोल अध्यक्षमा निर्वाचित भएका छन । अभियान बालसंरक्षणको क्षेत्रमा कार्य गर्ने विभिन्न संस्थाहरुको साझा संजाल हो । बालअधिकारका क्षेत्रमा कानुन निर्माण, तिनका सेवा प्रवाह, संयन्त्रहरु निर्माण र सवलीकरणमा सरकारहरु संग सहकार्य र सोका लागि पैरवी गर्ने’ अध्यक्षमा निर्वाचित नरेन्द्र डङ्गोलले बताए । बालबालिकाको सर्बोत्तम हित र जोखिममा रकेको बालबालिकाको संरक्षित हुने बातावरण निर्माणका लागि कार्यगर्ने उनको दाबी रहेको छ ।
बालबालिका शान्तिक्षेत्र हुन भनी अवधारणाका साथ सन् २००१ बाट शुरुवात गरि नेपालमा सन् २००३ देखि बालबालिका तथा विद्यालय शान्तिक्षेत्र हुन र समग्र बाल संरक्षणका मुद्दामा वकालत गर्दै आएको सिजपको ०७६को साधरण सभा तथा अधिवेशनले २ बर्षे कार्यकालका लागि निर्वाचित अन्य पदाधिकारी उपाध्यक्षहरुमा मिना शर्मा र नवल किशोर यादव, महासचिवमा राजेश शर्मा, कोषाध्यक्षमा रन्त उप्रेती छन भने निर्वाचित हुने सदस्यहरुमा टिकाराम आर्चाय, चन्दा कुमारी गुरुङ्ग, टिका फुलारा, रुद्र मसराङ्गी, दिपक शर्मा, कुमारी ममता झा, अनिता निराला र प्याग नेपाल रहेका छन् ।
प्रकाशित मिति: बुधबार, पुस ९, २०७६