हेडलाईन न्युज

पाैष २३ गते केन्द्रीय समितिको बैठक बस्ने नेकपा स्थायी समितिकाे निर्णय

गत मंसिर २९ गतेदेखि चलेको नेकपा स्थायी समितिको बैठक अाज सम्पन्न भएको छ। अध्यक्षद्वाेयले प्रस्तुत गरेको राजनीतिक प्रस्ताव र महासचिव विष्णु पाैडेलले प्रस्ताव गरेको विधान संसाेधन बहुमतले पारित भएको छ।

बैठकले बिभिन्न पाँचवटा निर्णय र चारवटा प्रस्ताव पास गरेको छ। कालापानीमा भारतले नेपालको सिमाना मिचेकाे विषयमा बिराेध गर्दै त्यसका लागि कुटनैतिक पहल गर्ने निर्णय गरेको छ। बहुचर्चित mcc काण्डमा भने बैठकले सचिवालयलाई जिम्मा दिऐकाे छ।

पार्टी स्थापनादेखि १ पटक पनि बस्न नसकेको केन्द्रीय समिति बैठक पहिलोपटक यही पुस २३ गते काठमाडौंमा बस्ने निर्णय पनि  गरेको छ। त्यसका लागि १६ गतेअगावै सबै तह र निकायका पार्टी संगठनको ऐकता प्रक्रिया सम्पन्न गर्न सम्वन्धित निकायलाई निर्देशन पनि  गरेको छ।

प्रकाशित मिति: आइतवार, पुस ६, २०७६