हेडलाईन न्युज

सरकार सहमतिबाट पछाडि हटेको भन्दै उपेन्द्र यादवले सरकार छाडे [पत्रसहित]

पुस ८, २०७६

काठमाडाैं । उपप्रधान तथा कानून, न्याय तथा संसदीय मामिला मन्त्री उपेन्द्र यादवले राजीनामा दिएका छन् ।

संविधान संशोधन प्रक्रिया अगाडि बढाउने गरी मन्त्रिपरिषद् बैठकमा आफूले राखेको प्रस्तावमाथि छलफल नभएपछि मन्त्री यादवले राजीनामा दिएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गरेर लेखिएको राजीनामा पत्रमा आफ्नो प्रस्ताव अगाडि नबढेकाले नैतिकताको आधारमा राजीनामा दिएको उल्लेख छ ।

राजीनामा पत्रमा यादवले पार्टी सरकारमा सहभागी हुँदा भएको सहमतिलाई समेत स्मरण गराएका छन् । संविधान संशोधनमा सहमति भएर सरकारमा सहभागी भएको जनाउँदै यादवले सरकार सहमतिबाट पछाडि हटेको र एकतर्फी रुपमा सहमति तोडेकाले राजीनामा दिएको जनाएका छन् ।

राजीनामा पत्र :

प्रकाशित मिति: मङ्लबार, पुस ८, २०७६