पर्यटन

कमलामाईमा दशैंको शुभकामना आदान–प्रदान, संस्कृतिको संरक्षण नै राष्ट्रिय समृद्धिको आधार : गजुरेल

सुनकोशी न्युज, २०७६ असोज १३ सोमबार
सिन्धुली । सिन्धुलीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले दशैको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ । नवरात्री सुरु भएको घटस्थापनाको दिन हिजो आइतबार दशैलगायत पर्बहरुको अबसरमा (ने क पा ) कमलामाइ नगर कमीटीले शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा नेकपाका स्थायी कमिटी सदस्य तथा पूर्वकृषिमन्त्री एवं सिन्धुली जिल्ला क्षेत्र नं २ का सांसद हरिबोल गजुरेलको प्रमुख अतिथि हुनुहुन्थ्यो । कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष राजन दाहाल, कमलजंग राई, उमा कोइराला लगायत प्रदेश, जिल्ला र नगर कमिटिका नेताहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि गजुरेलले समाजको रुपान्तरण र विकामा सांस्कृतिक रुपान्तरण र विकासको महत्वपूर्ण भूमिका हुने बताउनु भयो । उत्पादनको संस्कृतिलाई हामीले महत्व दिनुपर्ने उहाँको जोड थियो । पुराना धर्मपरम्परा पनि समाजका धरोहर भएकाले तिनको संरक्षण, संवर्धन गर्दै जनतामा नयाँ जनवादी संस्कार र संस्कृतिको विकास गर्नुपर्ने उल्लेख गर्नुभयो । धार्मका नाममा हुने भेदभाव सबैभन्दा पिडादयी हुने उहालको तर्क थियो ।
कार्यक्रममा अध्यक्ष राजन दाहालले सिन्धुलीका सबै जनतालाई दशैंको शुभकामना दिदै नेपालको संस्कृति र परम्परा नेपालको आर्थिक समृद्धिका आधार भएकाले यसको जगेर्ना गर्दै समृद्ध नेपाल बनाउन सकिने बताउनु भयो ।
जिल्लामा दशैको शुभकामना आदान–प्रदानका कार्यक्रम लगातार रहेको नगर सचिव शेर बहादुर कार्कीले बताउनु भयो ।

प्रकाशित मिति: सोमवार, अशोज १३, २०७६