हेडलाईन न्युज

सुनकोशी मूलकोटमा सितभण्डार सिल्यान्यास, गौखर्कमा स्कूल विद्यालयलाई हस्तान्तरण

सुनकोशी न्यूज, २०७६ असोज ०६ रात्री ११ः०९
मुकुटेश्वर बहुउदेश्यीय सहकारी संस्था लि.ले सुनकोशी गाउँपालिका वडा नं. ५ मुलकोटमा निर्माण गर्न लागेको सित भण्डारको आज सिल्यान्यास भएको छ । सिन्धुली जिल्लाका संघीय सांसद तथा नेकपाका स्थायी समिति सदस्य माननीय हरिवोल गजुरेलले शितभण्डारको सिल्यान्यास गर्नुभएको हो ।
३ नं. प्रदेश सरकारको पाँच करोड र सुनकोशी गाउँपालिकाको दुई करोड संयुक्त लगानीमा सित भण्डार बन्न लागेको नेकपा सुनकोशी गाउँ कमिटिका अध्यक्ष अशोकराज गिरिले बताउनु भयो । एकवर्षभित्र निर्माण सम्पन्न गर्नेगरी सितभण्डार निर्माण कार्य अघि बढ्ने उहाँले बताउनुभयो । कार्यक्रमको प्रमुख अतिथि माननीय हरिवेल गजुरेलले गढतिर क्षेत्रमा उत्पादन हुने कृषिजन्य उत्पादन सिजनमा बजार नपाएर कुहिने वा कौडीको भाउमा बेचेर किसान मारमा पर्नुपर्ने अवस्थाक यो सित भण्डार निर्माणपछि अन्त्य हुने भएकाले हामी सबैले खुसी मनाउनु पर्ने बताउनु भयो । उहाँले अब यस भेगका किसान आधुनिक तथा व्यवसायिक कृषि उत्पादनमा लाग्न जोड दिनुभयो । बेरोजगार रहने र विदेश जाने समस्याले समाजमा समृद्धि नआउने उहाको तर्क छ ।
त्यसैगरी प्रदेश सांसद तथा नेकपाका सिन्धुली जिल्ला अध्यक्ष राजन दाहालले कृषि नै समृद्धि र विकासको मेरुदण्ड भएको उल्लेख गर्नुभयो । उहाँले किसानहरु बजार नपाएर मर्नुपर्ने तर उपभोक्त चर्को मूल्य तिरेर विदेशी उत्पादन किन्न वाध्य हुनुपर्ने अवस्थाको अन्त्य गाउँमा कृषि क्रान्ति गरेर मात्रै सम्भव हुने बताउनु भयो । अर्का प्रदेश सांसद विनोद दाहालले प्रदेश सरकार यो क्षेत्रको विकासका लागि अधिकाधिक प्रयासमा रहेको र त्यसका लागि कुनै कसर बाँकि नराख्ने बताउनु भयो ।
गाउँपालिकाकी अध्यक्ष दिपा बोहोराले गाउँपालिकाको विकास र कृषि उत्पादनका लागि गाउँपालिकाले दिलोज्यानले काम गर्ने बताउनु भयो । उहाँले केन्द्र र प्रदेश सरकारको सहयोग लिने तर त्यसको मात्रै भर परेर गाउँको विकास हुन नसक्ने बताउनु भयो । यो क्षेत्रको मुख्य आधार कृषि र पर्यटन भएकाले कृषि र पर्यटनलाई जोडेर व्यवसायिकरणमा जोड दिनुपर्ने उहाँको तर्क थियो ।
त्यसैगरी आजै सुनकोशी गाउँपालिका वडा नं. ६ स्थित महाकाली नि.मा.वि. गौखर्कमा निर्माण सम्पन्न भएको पक्की भवन विद्यालयलाई हस्तान्तरण गरिएको छ । एक कार्यक्रमको आयोजना गरी अध्यक्ष दिपा बोहोराले उक्त भवन विद्यालयलाई हस्तानतरण गर्नुभएको हो ।

प्रकाशित मिति: सोमवार, अशोज ६, २०७६