मुख्य समाचार समाचार हेडलाईन न्युज

सरकारी कार्यालय समय ९ देखि ५: शनिबार–आइतबार बिदा पनि लागू

सुनकोसी न्यूज

चैत २२ गते आइतबार

काठमाडौं । सरकारले अबदेखि सरकारी कार्यालयहरूको समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म कायम गर्ने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले शैक्षिक संस्थाबाहेकका सबै सरकारी कार्यालयमा उक्त समय लागू गर्ने निर्णय गरेको हो।

सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार नयाँ व्यवस्था शैक्षिक संस्थाबाहेकका कार्यालयहरूमा मात्र लागू हुनेछ।
उनले भने, “शैक्षिक संस्थाबाहेकका सरकारी कार्यालयहरूको समय बिहान ९ देखि साँझ ५ बजेसम्म कायम गरिएको छ।”

यससँगै सरकारले अर्को महत्वपूर्ण निर्णय गर्दै भोलि (२३ चैत) देखि लागू हुनेगरी शनिबार र आइतबार सार्वजनिक बिदा दिने व्यवस्था पनि गरेको छ। यो निर्णय सरकारी कार्यालय र शैक्षिक संस्थामा लागू हुनेछ।सरकारका अनुसार पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको समस्याका कारण सेवा व्यवस्थापनलाई सहज बनाउन यस्तो निर्णय गरिएको हो।

नयाँ व्यवस्था लागू भएसँगै कार्यालय सञ्चालन समय र बिदा प्रणालीमा उल्लेख्य परिवर्तन आउने भएको छ।

प्रकाशित मिति: आइतवार, चैत्र २२, २०८२

 

 

ताजा अपडेट