मुख्य समाचार

तीजमा नुहाउन गएका ३ महिला बेपत्ता

१६ भदौ २०७६

कपिलवस्तु : कपिलवस्तु स् शुद्धोधन गाउँपालिका-६मा बेथि नदीको वेलभरिया सन्तघाटमा नुहाउन गएका तीनजना महिला बेपत्ता भएका छन्। हरितालिका तीजका अवसरमा नुहाउन गएका तारा कहार, खुब्बु रैदास र तारामति कोहार बेपत्ता भएका छन्।

बेपत्ता भएकाको खोजी भइरहेको कपिलवस्तु प्रहरीले जनाएको छ। घटना स्थलमा अहिले प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठ, प्रहरी उपरीक्षक दीप शमशेर जवरा लगायतको सुरक्षा टोली पुगेको छ।

प्रकाशित मिति: सोमवार, भदौ १६, २०७६

ताजा अपडेट