सुनकोशीन्यूज
२०७८ कार्तिक १० गते बुधबार
काठमाण्डौं । नेपालली महिला फुटबलर दीपा अधिकारी र लक्ष्मी पौडेलले विश्वको सबैभन्दा होचो स्थानमा फुटबल खेल्दै बनाएको विश्व कीर्तिमानको सर्टिफिकेट पाएका छन् ।
दुवै जनाले गिनिज बुक अफ वर्ल्ड रेकर्डको आधिकारिक प्रमाणपत्र प्राप्त गरेकी हुन् ।दीपा र लक्ष्मी ले सन् २०१८ मा सबैभन्दा होचो स्थानमा इक्वेल प्लेइङ्ग फिल्ड नामक संस्थाले आयोजना गरेको महिलाहरूको फुटबल प्रतियोगितामा खेल्दै गिनिज वर्ल्ड रेकर्ड कायम गरेका थिए ।
प्रतियोगिता जोर्डनमा समुन्द्री सतहभन्दा ३२० मिटर तलको स्थानमा आयोजना भएको थियो ।
जहाँ नेपालसहित अफगानिस्तान, फ्रान्स, स्पेनलगायत २० राष्ट्रका महिला खेलाडीहरू सम्मिलित थिए ।
इक्वेल प्लेइङ्ग फिल्डले महिला सशक्तीकरणका लागि विश्वकै अग्लो स्थान र होचो दुवै स्थानमा फुटबल आयोजना गरिएको थियो ।
अग्लो स्थानको खेल अफ्रिकन राष्ट्र तान्जानियाको माउण्ड किलिमन्जारोमा खेलिएको थियो ।
Add Comment