समाचार हेडलाईन न्युज

नेकपाका केन्द्रीय सदस्य तथा पूर्वराजदुत कमानसिंह लामाको निधन

सुनकोशी न्युज
२०७७ मंसिर २५ गते विहिबार
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा दक्षिण कोरियाका पूर्वराजदूत कमानसिंह लामाको निधन भएको छ । लामालाई कोरोना संक्रमण भएपछि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो ।

उपचारका क्रममा उनको गएराति निधन भएको काभ्रेका सांसद गंगाबहादुर तामाङले जानकारी दिए । सुगर र प्रेसरको बिरामी समेत रहेका पूर्वराजदूत लामाले पनि फेसबुकमार्फत आफूलाई कोरोना लागेको भन्दै अस्पताल भर्ना भएको फोटो फेसबुकमा पोष्ट गरेका छन् ।

काभ्रेको चौरीदेउराली गाउँपालिका घर भएका लामा २०४८ र २०६३ मा सांसद भएका थिए । दक्षिण कोरियाका लागि नेपाली राजदूत भएर फर्किएपछि उनी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को राजनीतिमा सक्रिय थिए ।

प्रकाशित मिति: बिहिबार, मंसिर २५, २०७७