सुनकोशी न्युज,
२०७६ माघ २३
काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवासको जग्गा अनियमिततामा संलग्न भएको आरोपमा एक पूर्वउपप्रधानमन्त्री, तीन पूर्वमन्त्रीसहित १७५ जनाविरुद्ध बुधबार मुद्दा दायर गरेको छ । यो प्रकरणमा अख्तियारले आफ्नै पूर्वप्रमुख आयुक्तलाई पनि प्रतिवादी बनाएको छ ।
सूचना चुहावट हुन सक्ने जोखिम रहेको भन्दै अख्तियारका पदाधिकारी बुधबार बिहान ८ बजे नै अख्तियार पुगेका थिए । १३५ पेज लामो निर्णयपुस्तिकाबाट निर्णय भई ३६० पेजको आरोपपत्र दर्ता भएको छ । आरोपपत्रका साथमा ७५ थान सक्कल मिसिल पनि पेस भएको छ ।भ्रष्टाचार गरेको आरोपमा ११० जनालाई र सरकारी जग्गा जफत गर्ने प्रयोजनका लागि ६५ जनालाई प्रतिवादी बनाइएको हो । स्रोतका अनुसार सबै प्रतिवादीमाथि मागदाबी गरिएको बिगोको कुल अंक २० अर्ब हाराहारी छ । अख्तियारले अनियमितता हुँदाका बेला तोकिएको जग्गाको न्यूनतम मूल्यांकन अंकलाई आधार मानी बिगो कायम गरेको हो ।
अख्तियारले पूर्वउपप्रधानमन्त्री एवं कांग्रेसका सांसद विजयकुमार गच्छदारमाथि ०६७ सालमा भौतिक योजना तथा निर्माणमन्त्री हुँदा भ्रष्टाचार गरेको आरोप लगाएको छ । आयोगले दीप बस्न्यातविरुद्ध अख्तियारको पूर्वप्रमुखका रूपमा नभई त्यसअघि भौतिक योजना तथा निर्माण मन्त्रालयको सचिवका रूपमा रहँदा ललिता निवासको सार्वजनिक, पर्ती तथा राजकुलोको जग्गा नक्कली मोहीलाई वितरण गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लगेर भ्रष्टाचार गरेको आरोप लगाएको हो । ०७२ चैत १९ मा अख्तियारको आयुक्त नियुक्त भएका बस्न्यात ०७४ जेठ ८ मा प्रमुख आयुक्त बनेका थिए । उनले ०७४ माघ २८ मा अवकाश पाएका थिए । आफ्नै पूर्वप्रमुखविरुद्ध अख्तियारले मुद्दा चलाएको यो पहिलो घटना हो ।
को–को विरुद्ध मुद्दा ?
पूर्वमन्त्री
विजयकुमार गच्छदार
डम्बर श्रेष्ठ
चन्द्रदेव जोशी
पूर्वसचिव
दीप बस्न्यात (पछि अख्तियार प्रमुख)
छविराज पन्त (मन्त्रीसमेत भएका)
दिनेशहरि अधिकारी
सहसचिव
मुकुन्द्रप्रसाद आचार्य
रुद्रकुमार श्रेष्ठ
जितबहादुर थापा
अशोकनाथ उप्रेती
तेजराज पाण्डे
उपसचिव
पुष्पराज उपाध्याय
हुपेन्द्रमणि केसी
बालकृष्ण श्रेष्ठ (सीडीई)
सरोजराज राजकर्णिकार (सीडीई)
लक्ष्मीनारायण उप्रेती
विनोद गौतम (कानुनबाट हाल न्यायाधीश)
प्रमुख मालपोत अधिकृत
कलाधर देउजा
टीकाराम घिमिरे
दिनेशप्रसाद शर्मा
मालपोत अधिकृत
सुरेन्द्र कपाली
हरिकृष्ण तिमिल्सिना
परशुराम पोखरेल
कृष्णप्रसाद पौडेल
प्रेमबहादुर खापुङ
शाखा अधिकृत
धर्म गौतम
इन्द्र ढुंगाना
मोहम्मद साबिर हुसेन (नापी)
जनकबहादुर भण्डारी (नापी)
शंकर सुवेदी (भूमिसुधार)
कमल घिमिरे (नापी)
राजेन्द्रमान श्रेष्ठ (इन्जिनियर)
बद्रीबहादुर कार्की
नायव सुब्बा
जगत पुडासैनी
टीकाबहादुर बीसी
अर्जुन भण्डारी (समरजंग कम्पनी)
श्रीहरि पुडासैनी
प्रकाशनारायण भट्ट
टंकनाथ पौडल
अर्जुन खतिवडा
अंगुर सिग्देल
केदारप्रसाद श्रेष्ठ
देवबहादुर लामिछाने (सर्भेक्षक)
फणीन्द्र दाहाल
मणि राना
खरिदार
युक्त श्रेष्ठ
जीवनाथ पोखरेल
श्यामकुमार क्षत्री
भरत अर्याल (अमिन)
राणा परिवार
हाटकशमशेर राणा
हेमाद्रशमशेर राणा
हेमन, सुनिती र शैलजा (निधन भएको)
गुठी संस्थानबाट
हरिबोल आचार्य
रामेश्वर विडारी
सेमन्तराज चापागाईं
हेमराज सुवेदी
तुलसी पोखरेल
हरिप्रसाद जोशी
बलिरामप्रसाद तेली
दिलीपकुमार भट्ट
नवराज पौडेल
शैलेन्द्र पौडेल
जयप्रसाद रेग्मी
भूमाफिया किटान गरिएका
शोभाकान्त ढकाल, पत्नी उमा र छोरी लक्ष्मी
रामकुमार सुवेदी र पत्नी माधवी
भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ
रामकल्याण अधिकारी र रामनाथ घिमिरे
जग्गा लिएका
कैलाशचन्द्र गोयल
रजनी पनेरु
बाबा कार्की
अगम ढुंगाना
खेमलाल खरेल
जग्गा घूस लिएका
इन्द्रबहादुर थापा
शान्ति मल्ल
मिठुदेवी चापागाईं
सरस्वती श्रेष्ठ
निर्मला श्रेष्ठ
मोहन भट्टराई
बैकुण्ठ शर्मा
खिमादेवी आङबुहाङ
शशिकला सुब्बा
विद्या पौडेल गौतम
सोदाकुमारी चापागाईं
भुवन चापागाईं
उर्मिला शाह
मोही बनेका
हर्ष महर्जन
श्रीकृष्ण महर्जन
चमेली श्रेष्ठ
कान्छा महर्जन
देवनारायण महर्जन (उही नामको अर्को पनि)
तीर्थमाया महर्जन (उही नामको अर्को पनि)
रेना गुरुङ
बाबुराजा महर्जन
मचानानी महर्जन
ग्वाराभाइ महर्जन
द्वारिकामान महर्जन
मोहन महर्जन
सञ्जय महर्जन
सकुलानन्द महर्जन
जग्गाधनी ६५ जना
माधवकुमार नेपाल (पूर्वप्रधानमन्त्री) : मन्त्रिपरिषद्बाट २०६७ सालमा भएको निर्णयमा अख्तियार प्रवेश नगरेकाले ।
- बाबुराम भट्टराई (पूर्वप्रधानमन्त्री) : मन्त्रिपरिषद्बाट २०६९ सालमा गुठीका नाममा कायम गर्ने भनी गरेको सैद्धान्तिक निर्णयमा अख्तियार प्रवेश नगरेकाले ।
- माधव घिमिरे (पूर्वमुख्यसचिव) : दिवंगत भएकाले उनको भूमिकामाथि प्रवेश भएन ।
- लीलामणि पौड्याल (पूर्वमुख्यसचिव) : मन्त्रिपरिषद्को निर्णय प्रमाणित गरी त्यसबारे मात्रै पत्राचार गरेकाले ।
- उमानाथप्रसाद ज्ञवाली (पूर्व भूमिसुधार अधिकारी) : राणा परिवारको जग्गामा मोही कायम गर्ने निर्णय गरे पनि प्रत्यक्ष रूपमा सरकारी जग्गा हानि भएको नदेखिएकाले ।
- सुधीर शाह (पूर्व निर्वाचनआयुक्त) : प्रत्यक्ष नजोडिएकाले जग्गा लिने पत्नीलाई मात्रै मुद्दा चलेको ।
- गेहनाथ भण्डारी (पूर्वसहसचिव) : प्रत्यक्ष नजोडिएकाले जग्गा लिने पत्नी र सासूलाई मात्रै मुद्दा चलेको ।
- नवीन पौडेल (विष्णु पौडेलका छोरा) : जग्गा फिर्ता गर्ने प्रतिबद्धता जनाएकाले ‘जफत प्रयोजन’ का लागि अख्तियारले प्रतिवादी नबनाएको ।
- कुमार रेग्मी (सर्वोच्चका न्यायाधीश) : जग्गा फिर्ता गर्ने प्रतिबद्धता जनाएकाले ‘जफत प्रयोजन’ का लागि अख्तियारले प्रतिवादी नबनाएको ।
Add Comment