Uncategorized हेडलाईन न्युज

एसएसपी शौरभ राणा यौन शोषणको आरोपमा निलम्बित

१७ माघ २०७६

काठमाडौं : गृहमन्त्रालयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सौरभ राणालाई निलम्बन गरेको छ।राणाविरुद्ध एक महिलामाथि यौन शोषण गरेको र पदीय आचारणविरुद्ध काम गरेको आरोप छ।

प्रहरी प्रधान कार्यालयले राणालाई निलम्बन गरेर थप अनुसन्धान गर्नुपर्ने औंल्याउँदै निलम्बनको रिफारिस गरेपछि मन्त्रालयले निलम्बन गरेको हो।

संघीय प्रहरी इकाइ सुनसरीमा कार्यरत राणाले स्थानीय एक महिलामाथि यौन शोषण गरेको उजुरी प्रहरी मुख्यालयको उजुरी छानविन शाखामा परेपछि उनी अनुसन्धानको दायरमा तानिएका हुन्।

प्रहरी केन्द्रीय प्रवक्ता डीआइजी शैलेश क्षेत्रीले राणमाथि लागेको आरोप थप छानविन गर्नुपर्ने भएकाले उनलाई निलम्बन गरिएको जानकारी दिए।प्रहरी मुख्यालयको सिफारिसलाई गृहमन्त्रालयले कार्यान्वयन गरेको हो।

प्रकाशित मिति: शुक्रबार, माघ १७, २०७६