सुनकोसी न्यूज
जेष्ठ ७ गते, बिहीबार
काठमाडौं । अघिल्लो दिन ३० अंकले बढेको सेयर बजार बिहीबार भने ओरालो लागेको छ। नेप्से परिसूचक १२.३६ अंकले घटेर २७४२ अंकमा कायम भएको हो। दिनभर बजार अधिकांश समय रातो अंकमै देखिएको थियो।बजार घटे पनि कारोबार रकममा भने सामान्य वृद्धि भएको छ। बुधबार ३ अर्ब ८२ करोड रुपैयाँको कारोबार भएकोमा बिहीबार ३ अर्ब ८९ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।आज ७२ कम्पनीको सेयर मूल्य बढ्दा १८८ कम्पनीको मूल्य घटेको छ भने ९ कम्पनीको मूल्य स्थिर रहेको छ।
सेक्टरवाइज स्थिति
बिहीबार अधिकांश सेक्टरका सूचक घटेका छन्। यद्यपि कुनै पनि समूहको गिरावट १ प्रतिशतभन्दा माथि पुगेन।
- बैंकिङ : ०.५७ प्रतिशत घट्यो
- विकास बैंक : ०.३१ प्रतिशत घट्यो
- फाइनान्स : ०.२१ प्रतिशत घट्यो
- होटल तथा पर्यटन : ०.८६ प्रतिशत घट्यो
- हाइड्रोपावर : ०.६८ प्रतिशत घट्यो
- लगानी : ०.३३ प्रतिशत घट्यो
- जीवन बीमा : ०.१० प्रतिशत घट्यो
- उत्पादन तथा प्रशोधन : ०.३६ प्रतिशत घट्यो
- माइक्रोफाइनान्स : ०.५० प्रतिशत घट्यो
- निर्जीवन बीमा : ०.४२ प्रतिशत घट्यो
- अन्य समूह : ०.३१ प्रतिशत घट्यो
व्यापार समूह भने स्थिर रहेको छ।
धेरै बढ्ने र घट्ने कम्पनी
आज बुंगल हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै ६.१८ प्रतिशतले बढेको छ। मूल्य बढ्ने सूचीमा बैंक तथा वित्तीय संस्थाका डिबेन्चर अगाडि देखिएका छन्।
यता अपर लोहोरेखोलाको सेयर मूल्य सबैभन्दा धेरै १४.९५ प्रतिशतले घटेको छ। झापा इनर्जी ८.१२, मा
















Add Comment