मुख्य समाचार समाचार हेडलाईन न्युज

सुन तस्करी काण्डमा पूर्वसभामुख महरा विरुद्ध अख्तियारको कारबाही

सुनकोसी न्यूज

चैत २६ गते बिहिबार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेप (विद्युतीय चुरोट) मार्फत सुन तस्करी गरेको अभियोगमा पूर्वसभामुख कृष्णबहादुर महरा विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारका कर्मचारीहरू मुद्दाको फाइल लिएर विशेष अदालत पुगेका छन् र हाल विवरण रुजु गर्ने प्रक्रिया जारी रहेको स्रोतले जनाएको छ।

अनुसन्धानका क्रममा महरा र उनका छोरा राहुलको चिनियाँ गिरोहसँग सम्बन्ध र आर्थिक कारोबार रहेको खुल्न आएपछि अख्तियारले मुद्दा दायर गर्ने निर्णय गरेको हो। उक्त गिरोहले २०७९ सालमा भेपको आवरणमा सुन नेपाल भित्र्याउन खोज्दा भन्सारले बरामद गरेको थियो। त्यसपछि गरिएको विस्तृत अनुसन्धानमा महरा पक्षको संलग्नता देखिएको बताइएको छ।

अख्तियारले हालसम्म महरामाथि लागेको आरोपको विस्तृत विवरण र बिगो सार्वजनिक गरिसकेको छैन।

यो प्रकरणले उच्च तहका राजनीतिक व्यक्तिहरू नै सुन तस्करी जस्तो गम्भीर अपराधमा जोडिएको संकेत दिएपछि थप अनुसन्धान र न्यायिक प्रक्रियाप्रति चासो बढेको छ।

प्रकाशित मिति: बिहिबार, चैत्र २६, २०८२

 

 

ताजा अपडेट