सुनकोसी न्यूज
चैत्र १८ गते बुधबार
काठमाडौं । प्रतिनिधिसभाको सभामुख पदका लागि निर्वाचन यही चैत २२ गते हुने भएको छ। मंगलबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकले सो मिति तय गरेको हो।
बैठकपछि प्रतिक्रिया दिँदै राप्रपा सांसद खुश्बु ओलीले सभामुख निर्वाचन प्रक्रिया अगाडि बढाउने सहमति भएको जानकारी दिइन्। उनका अनुसार सभामुख पदका लागि मनोनयन दर्ता चैत २० गते गरिनेछ।
‘मनोनयन दर्ता पर्सिका लागि तय भएको छ भने निर्वाचन २२ गते नै सम्पन्न गरेर सोही दिन पदबहालीसमेत गरिने सहमति भएको छ,’ उनले भनिन्।
सभामुख चयनसँगै प्रतिनिधिसभाको गतिविधि थप व्यवस्थित हुने अपेक्षा गरिएको छ।

















Add Comment