सुनकोसी न्यूज
चैत्र १७ गते मंगलबार
काठमाडौं । सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धान चलिरहेका व्यवसायी दीपक भट्टलाई अध्यागमन विभागले कालोसूचीमा राखेको छ। अनुसन्धानको दायरामा रहेका कारण उनलाई विदेश जान नदिन यस्तो कदम चालिएको स्रोतले जनाएको छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सोमबार अध्यागमन विभागलाई पत्र पठाउँदै भट्टको पासपोर्ट रोक्का राख्न अनुरोध गरेको बताइएको छ। सोही अनुरोधका आधारमा अध्यागमनले उनलाई कालोसूचीमा समावेश गरेको हो।
हाल भट्टमाथि कस्तो प्रकृतिको अनुसन्धान भइरहेको छ भन्नेबारे सम्बन्धित सरकारी निकायहरूले औपचारिक जानकारी सार्वजनिक गरेका छैनन्। तथापि, स्रोतका अनुसार अनुसन्धान प्रक्रिया जारी रहेको र थप विवरण आवश्यकताअनुसार सार्वजनिक गरिने बताइएको छ।

















Add Comment