सुनकोसी न्यूज
चैत्र १७ गते मंगलबार
काठमाडौं । काठमाडौं महानगरपालिका–१५ सानो भर्याङस्थित यातायात कार्यालयबाट प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले मंगलबार उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा रौतहटका ३६ वर्षीय बलबहादुर सुनार, रामेछाप उमाकुण्ड गाउँपालिका–४ का ३९ वर्षीय विज्ञान राई, काठमाडौं तारकेश्वरका ३१ वर्षीय सञ्जय राजवाहक, रानिवनका ३६ वर्षीय विमल तामाङ, रामेछाप खाँडादेवी गाउँपालिका–७ का ३५ वर्षीय रमेश कार्की, धादिङ नीलकण्ठ नगरपालिका–५ की ३६ वर्षीया कल्पना लम्साल र नुवाकोट बेलकोटगढी नगरपालिका–१२ का ३९ वर्षीय उद्धव खनाल रहेका छन्।
पक्राउ परेकाहरूको साथबाट ५३ थान बिलबुक र १ लाख २२ हजार रुपैयाँ नगद बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले जानकारी दिए।
प्रहरीका अनुसार उनीहरूले सेवाग्राहीलाई अनावश्यक दुःख हैरानी दिने, बिलबुक नवीकरण गरिदिन्छु भन्दै सार्वजनिक सेवा प्रवाहमा अवरोध सिर्जना गर्ने कार्य गर्दै आएका थिए।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

















Add Comment