खेल समाचार हेडलाईन न्युज

१० वर्षपछि नेपाल टी–२० विश्वकपमा छनोट

सुनकोसी न्युज
कार्तिक १६ गते मंगलबार, २०८०
काठमाडौं । १० वर्षपछि नेपालटी–२० विश्वकप क्रिकेटमा छनोट भएको छ । काठमाडौंको मूलपानी मैदानमा संयुक्त अरब इमिरेट्स (युएई) लाई ८ विकेटले हराउँदै नेपाल सन् २०२४ को जुनमा अमेरिका र वेष्ट इन्डिजमा हुने टी–२० विश्वकपमा छनोट भएको छ ।

मूलपानी मैदानमा युएईले दिएको १३५ रनको लक्ष्य पछ्याउदै नेपालका आशिफ शेखले सर्वाधिक ६३ रन बनाए । त्यस्तै कप्तान रोहित पौडेलले ३५, गुल्सन झाले २२, कुशल भुर्तेलले ११ रन जोडे ।

युएईलाई रोक्न नेपालका कुशल मल्लले महत्वपूर्ण ३ विकेट लिएका थिए । ३ ओभर बलिङ गरेका उनले ११ रन खर्चेर ३ विकेट लिएका थिए । त्यस्तै सन्दीप लामिछानेले २, सोमपाल कामी र रोहित पौडेलले १÷१ विकेट लिए । काठमाडौंको कृर्तिपुरमा भएको छनोट खेलबाट ओमान पनि विश्वकपमा छनोट भएको छ ।

 

 

प्रकाशित मिति: शुक्रबार, कार्तिक १७, २०८०