विदेश समाचार हेडलाईन न्युज

टर्कीमा ७.९ रेक्टर स्केलकाे शक्तिशाली भूकम्प

सुनकोसी न्युज
माघ २३ गते साेमबार, २०७९
एजेन्सी । सिरियाको सिमाना नजिक रहेको टर्कीको दक्षिणपूर्वी क्षेत्र गाजियनटेपमा शक्तिशाली भूकम्प गएको छ ।

स्थानीय समयअनुसार सोमबार बिहान ४:१७ मा गाजियनटेप सहरनजिक १७.९ किलोमिटर (११ माइल) गहिराइमा ७.९ रेक्टर स्केलको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षणले जनाएको छ।

भूकम्प भएको केही समयपछि टर्कीमा शक्तिशाली पराकम्पन समेत महशुस भएको युएसजिएसले जनाएको छ। यहाँ पहिलो भूकम्प गएको ११ मिनेटपछि ९.९ किलोमिटर गहिराइमा ६.७ म्याग्निच्युडको अर्को भूकम्प गएको छ।

भूकम्पको धक्का राजधानी अंकारा र टर्कीका अन्य सहरहरू र यस क्षेत्रमा पनि महशुस गरिएको थियो।

भूकम्पका कारण धेरै भवनहरू ध्वस्त भएको र धेरै मानिसहरू फसेको हुनसक्ने अन्तर्राष्ट्रिय मिडियाहरूले जानकारी दिएका छन्।

प्रकाशित मिति: सोमवार, माघ २३, २०७९