समाचार

भारत-पाक भिडन्त : पाँच भारतीय र तीन पाकिस्तानी सैनिक मारिए

कश्मीरको सीमाक्षेत्रमा गोलीबारी हुँदा पाँच भारतीय सैनिक र तीनजना पाकिस्तानी सैनिक मारिएका छन् ।

कश्मीरको विवादास्पद क्षेत्रमा दोहोरो गोली हानाहानमा यस्तो घटना भएको पाकिस्तानी सेनाले जनाएको छ । पाकिस्तानी सेना प्रवक्ता असिफ गाफुरले आफ्नो ट्वीटरमार्फत पनि यस्तो जानकारी दिएका छन् ।

उनका अनुसार भारतीय सुरक्षाफौजले लिपा उपत्याकास्थित पाकिस्तानी सेनालाई लक्षित गर्दै आक्रमण गरेको थियो । न्युज च्यानल एएनआईका अनुसार भारतीय सेनाले पाकिस्तानी सेनाको अभिव्यक्तिलाई अस्वीकार गरेको छ । भारतले कश्मीरको विशेषाधिकार खारेज गरेपछि नै पाकिस्तानसँग दुश्मनी झन् चर्किँदै गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन ३१, २०७६