समाचार हेडलाईन न्युज

ओली र ठाकुरको सत्तास्वार्थले जारी भयो नागरिकता अध्यादेश

सुनकाेशी न्युज
२०७८ जेठ ९
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता अध्यादेश जारी गरेकी छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता केशव घिमिरेले जारी गरेको वक्तव्यमा संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ जारी गरिएको उल्लेख गरिएको छ ।

मन्त्री परिषद्ले आजै गरेको सिफारिसलाई राष्ट्रपतिले तुरुन्तै पास गरि अध्यादेश जारी गरेकी हुन्।

यसले नागरिकता ऐन संसाेधन गर्ने बाटो खुलेको छ। मधेस केन्द्रित मागका रुपमा रहेको यो अध्यादेश बिवादास्पद रहेको छ। यसले अपारदर्शी रुपमा भारतीय, बर्मेली, भुटानी र तिब्बती नागरिकलाई फाइदा पुग्ने अनुमान गरिएको छ।

खासगरी नेपाली र भारतीय जनतामा राेटिबेटिकाे सम्बन्ध भएकोले धेरै भारतीयले नेपाली नागरिकता लिने खतरा रहेको केहीको आशंका छ।

यही कारण धेरै पहिलादेखि नागरिकता ऐन संसाेधनकाे बिराेधी रहेका प्रधानमन्त्री ओली र विद्या भण्डारी अहिले सत्ता संकटमा परेपछि कुर्सी जाेगाउन जसपालाई खुसी पार्न यो नागरिकता अध्यादेश ल्याई ऐन संसाेधन गर्न तम्सेको विपक्षी दलको भनाइ रहेको छ।

प्रकाशित मिति: आइतवार, जेष्ठ ९, २०७८