समाचार हेडलाईन न्युज

माधव – ओली वार्ता सम्पन्न, विश्वासको मत लिनुअघि तीन सर्त पूरा गर्नुपर्ने

सुनकाेशी न्युज
२०७८ वैशाख ३१ गते
एमाले विवाद समाधानका लागि दुवै पक्षका नेताहरुबीच सिंहदरबारमा वार्ता भइरहेको छ ।

ओलीसँगको वार्तामा बस्नुअघि माधव नेपाल पक्षले तीनवटा बटमलाइन बनाएको बुझिएको छ ।

जसमा २०७५ जेठ २ को स्थायी कमिटी बैठक बसेर सवै विवाद मिलाउने, प्रधानमन्त्रीले विश्वासको मत लिनु अघि नै ती विषयको छिनोफानो हुनुपर्ने र त्यो नभए सामूहिक राजीनामा दिने बटमलाइन तय गरेको एक नेताले बताए ।

हामीले निश्चित तीन बटमलाइन बनाएका छौ सोही आधारमा नेताहरुबीच अहिले छलफल भएको छ, माधव पक्षका एक नेताले रातोपाटीलाई बताए । ओलीसँगको वार्ताबारे आज नेता नेपालले पहिला स्थायी समिति र पछि केन्द्रीय समितिका आफुपक्षीय नेताहरुसँग परामर्श गरेका थिए ।

हिजो नेता नेपाल र ओलीबीच भएको कुराकानीमा ओलीले बजेट ल्याउनुपर्ने भएकाले चाडै विश्वासको मत लिनुपर्ने अवस्था आउने बताएका थिए । सो बुझेर माधव पक्षले विश्वासको मत लिनुअघि नै पार्टीका समस्या सम्बोधन गर्नुपर्ने अडान ओली समक्ष राखेको बुझिएको छ ।
प्रकाशित मिति: शुक्रबार, बैशाख ३१, २०७८