खेल समाचार हेडलाईन न्युज

पूर्वमन्त्री विष्टलाई मातृशोक, नेपाल ओलम्पीकका अध्यक्ष श्रेष्ठलाई पितृशोक

सुनकोशी न्युज
२०७७ पौष २८ गते मंगलबार
काठमाण्डौं । पूर्वमन्त्री एवं नेकपा स्थायी समिति सदस्य गोकर्ण विष्टलाई मातृशोक परेको छ ।

गुल्मी क्षेत्र नम्वर २ का प्रतिनिधिसभा सदस्य एवं इस्मा गाउँपालिका–४ निवासी विष्टकी आमा चिन्तकला विष्टको ९२ वर्षको उमेरमा निधन भएको हो । चिन्तकला विष्टको मगंलबार दिउँसो आफनै घरमा निधन भएको हो ।

त्यसैगरी, नेकपा केन्द्रीय सदस्य तथा काठमाण्डौंको क्षेत्र नं. ८ का संघीय सांसद जिवनराम क्षेष्ठका पिता कृष्णराम श्रेष्ठको निधन भएको छ ।

काठमाण्डौंका स्वयम्भू निवासी श्रेष्ठको ९३ वर्षको उमेरमा आज अपरान्ह निधन भएको परिवारले जनाएको छ । जीवनराम श्रेष्ठ नेपाल ओलम्पीक कमिटिका अध्यक्ष र नेकपा काठमाण्डौं महानगर कमिटिका इन्चार्ज समेत हुन् ।

प्रकाशित मिति: मङ्लबार, पुस २८, २०७७