अर्थ/विजनेस समाचार

‘प्रभु बैंक डिबेञ्चर–२०८७’ को विक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स नियुक्त

सुनकोशी न्युज
२०७७ मंसिर २६ गते शुक्रबार
काठमाण्डौं । प्रभु बैंक लि. ले रु. १,०००।– अंकित दरको १० वर्षको भुक्तानी अवधिका लागि जारी गर्न लागेको“प्रभु बैंक डिबेञ्चर–२०८७” निष्काशन गर्नको लागि श्री मेगा क्यापिटल मार्केट्स लि.लाई निष्काशन तथा विक्री प्रबन्धकको रुपमा नियुक्ती गर्ने सम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौतामा प्रभु बैंक लि. का तर्पmबाट प्रमुख कार्यकारी अधिकृत श्री अशोक शेरचन र मेगा क्यापिटल मार्केट्स लिमिटेड का तर्पmबाट प्रमुख कार्यकारी अधिकृत श्री सुदयकान्त झाले हस्ताक्षर गर्नुभएको हो ।

प्रभु बैंकले वार्षिक ८.५ प्रतिशतका दरले प्रत्येक तीन÷तीन महिनामा ब्याज भुक्तानी हुने गरी रु. ४ अर्ब बराबरको “प्रभु बैंक डिबेञ्चर–२०८७” नामक ऋणपत्र ९म्भदभलतगचभ० सार्वजनिक निष्काशन गर्न लागेको छ ।

२ अर्ब ४० करोड रुपैयाँ बराबरको ऋणपत्र ९म्भदभलतगचभ० व्यक्तिगत तबर ९एचष्खबतभ एबिअझभलत० बाट र १ अर्व ६० करोड बराबरको ऋणपत्र ९म्भदभलतगचभ० सर्वसाधारणमा निष्काशन गर्न लागेको हो ।

मेगा क्यापिटल मार्केट्स लि. निष्काशन तथा विक्री प्रबन्धकत्वमा निकट भविष्यमा निष्काशन हुन लागेको रु.४ अर्ब बराबरको “प्रभु बैंक डिबेञ्चर–२०८७” को ट्रष्टीको रुपमा पनि मेगा क्यापिटल मार्केट्स लि. लाई नै नियुक्त गर्ने सम्बन्धी सम्झौता पनि आजै हस्ताक्षर भएको छ ।

नेपाल धितोपत्र बोर्डबाट आवश्यक स्वीकृति प्राप्त भएपश्चात् “प्रभु बैंक डिबेञ्चर–२०८७” सार्वजनिक निष्काशन गरिनेछ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २६, २०७७