खेल हेडलाईन न्युज

क्रिकेट : आज नेपालले ओमनसँग प्रतिस्पर्धा गर्दै

file photo
  • सुनकोशी न्युज, २०७६ माघ २६

काठमाडौं । विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज नेपालले ओमनसँग प्रतिस्पर्धा गर्दैछ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने खेलमा नेपाललाई ओमनसँग बदला लिने राम्रो अवसर छ ।

नेपाल आफ्नो पहिलो खेलमा ओनमसँग १८ रनले परािजत भएको थियो । कमजोर ब्याटिङ गरेको नेपाललाई ओमनसँग बदला लिन ब्याटिङ सुधार गर्नुपर्ने चुनौती छ । दोस्रो खेलमा भने नेपालले अमेरिकालाई ३५ रनले हराएको थियो । ओमनले दोस्रो खेलमा अमेरिकालाई पनि ६ विकेटले हराएको थियो ।
अहिले अमेरिका १२ अंक सहित तालिकाको शीर्ष स्थानमा छ । समान १२ अंक बनाएको ओमन रनरेटका आधारमा दोस्रो स्थानामा छ । सात राष्ट्र सहभागी लिग–२ मा नेपाल, अमेरिका र ओमनसहित स्कटल्यान्ड, युएई, नामिविया र पपुवा न्युनिगी छन् । अहिलेसम्म स्कटल्यान्ड नौ अंक सहित तेस्रो स्थानमा छ । नामिवियाको आठ र युएईको सात अंक छ । नेपालको दुई अंक छ । पपुवा न्युगिनी अंकविहिन छ । लिगमा हरेक टोलीले ३६ वटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्ने छन् । जसबाट शीर्ष तीनमा रहने टोली सन् २०२३ को विश्वकप क्रिकेटमा छनोट हुनेछन् ।
प्रकाशित मिति: आइतवार, माघ २६, २०७६