हेडलाईन न्युज

दरबारमार्गस्थित नेपाल ट्रस्टको भवन निर्माण कार्य रोक्न अन्तरिम आदेश

सुनकोशी न्युज, पुस २५, २०७६

काठमाडौँ : उच्च अदालत पाटनले दरबारमार्गस्थित नेपाल ट्रस्ट भवन निर्माण यथास्थितिमा राख्न अल्पकालिन अन्तरिम आदेश दिएको छ । मुख्य न्यायाधिश नहकुल सुवेदीको एकल इजलासले थामसेर्कु डेभलपर्सले बनाउँदै गरेको भवनको निर्माण अघि नबढाउन आदेश दिएको हो ।

६ अर्ब ४५ करोडको प्रस्ताव पठाएको थामसेर्कु डेभलपर्सले १ अर्ब ५९ करोड रुपैयाँमात्र ठेक्का सम्झौता भएको भन्दै अधिवक्ता परिवर्तन राईले रिट निवेदन दर्ता गराएका थिए ।

सार्वजनिक महत्वको विषय भएको र कानुनी प्रश्नसमेत देखिएको भन्दै उच्च अदालत पाटनले उच्च अदालत बार एसोसियसन पाटनलाई दुईजना वरिष्ठ अधिवक्ता या अधिवक्तालाई उपस्थित गराइदिन अधिवक्तालाई एमिकस क्युरीको रुपमा आदेश दिएको छ ।

प्रकाशित मिति: शुक्रबार, पुस २५, २०७६