हेडलाईन न्युज

नेकपा स्थायी समिति बैठकमा बुधबार १२ नेताले राखे धारणा

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटीको चौथो बैठकको चौथो दिन १२ नेताले पार्टी अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष  ‘प्रचण्ड’द्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन तथा महासचिव विष्णुप्रसाद पौडेलद्वारा प्रस्तुत विधान संशोधन प्रस्तावमाथि स्थायी कमिटीका सदस्य र आमन्त्रित सदस्यले धारणा राखेका छन्। । बुधबारको बैठकमा १२ नेताले धारणा राखेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

बुधबार हरिबोल गजुरेल, मातृका यादव, वर्षमान पुन, लिलामणी पोखरेल, प्रदीप ज्ञवाली, गिरिराजमणी पोखरेल, रघुजी पन्त, गोकर्ण विष्ट,  पृथ्वीसुब्बा गुरुङ, टोपबहादुर रायमाझी, सत्यनारायण मण्डल र डा. पुष्पराज कँडेलले धारणा राखेका हुन्।

नेकपा स्थायी कमिटीको जारी बेठकमा स्थायी कमिटि सदस्य हरिवोल गजुरेलले आठ वटा बुँदामा आफ्ना मत जाहेर गर्नुभएको छ । उहाँले पार्टी र सरकार हिजोको निरन्तरताका हिसावले हेर्दा मात्रै राम्रोसँग चलिरहेको बताउदै नयाँ संविधानको नयाँ आवश्यकता अनुसार पार्टी र सरकार चल्न नसकेको बताउनु भयो । उहाँले स्थायी कमिटिको बैठक हरेक तीन महिनामा बस्नुपर्ने अनतराष्ट्रिय मापदण्डलाई पनि पार्टीले पछ्याउन नसकेको जानकारी दिनुभयो ।
सरकारका काम कारवाही पनि निरन्तरताका हिसावले मात्रै ठिकै रहेको तर जनअपेक्षा र वर्तमान आवश्यकतालाई पूरा गर्न सक्ने भिजन सिहत अघि बढ्न नसकेको उहाँको भनाई छ । यसको जस–अपजस स्थायी समिति, सचिवालय र मूलतः अध्यक्षद्वोयले लिनुपर्ने उहाँको जिकिर छ ।

राजनीतिक प्रतिवेदनमा प्रस्तुत भएबमोजिम पार्टीलाई व्यवस्थित गर्ने, संगठनलाई अझ सुदृढीकरण गर्ने, विचार र आचरण सुधार गर्नुपर्ने, पार्टीको आगामी कार्ययोजनालाई मूर्त बनाई कार्यान्वयन गर्नुपर्ने, सरकारको कामलाई प्रभावकारी बनाउनुपर्ने जस्ता विषयमा आ–आफ्नो कोणबाट वक्ता केन्द्रित रहनुभयोे’, बैठकपछि प्रवक्ता श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ।  नेकपा स्थायी समितिको अर्को बैठक बिहीबार बिहान ११ बजेका लागि बोलाइएको छ।

प्रकाशित मिति: बुधबार, पुस २, २०७६