समाचार • हेडलाईन न्युज

अयोध्याबाट करिब एक हजार तीर्थयात्री बोकेको रेल जनकपुरधाम आइपुग्यो

सुनकोशी न्यूज
मंसिर ८ गते, मंगलबार

जनकपुरधाम । भारतको अयोध्याबाट करिब एक हजार तीर्थयात्री बोकेर प्रस्थान गरेको ‘सरयू–कमला एक्सप्रेस’ रेल मंगलबार बिहान जनकपुरधाम आइपुगेको छ।

जनकपुरधाम रेल्वे स्टेसनमा आइपुगेका तीर्थयात्रीलाई मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवसहित प्रदेश सरकारका प्रतिनिधि, जनप्रतिनिधि तथा स्थानीयले बाजागाजा, फूलमाला र नेपाल–भारतका राष्ट्रिय झण्डासहित भव्य स्वागत गरेका छन्।

सोमबार नयाँदिल्लीबाट नेपालका प्रधानमन्त्री बालेन शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भर्चुअल रूपमा हरियो झण्डा देखाएर अयोध्या–जनकपुरधाम रेल सेवाको उद्घाटन गरेका थिए। रामायण सर्किटअन्तर्गत सुरु भएको यस रेल सेवाले अयोध्या र जनकपुरधामबीचको धार्मिक, सांस्कृतिक तथा जनस्तरको सम्बन्ध थप प्रगाढ बनाउनुका साथै मधेशको पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: मङ्लबार, मंसिर ९, २०८३

 

 

ताजा अपडेट